काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यत्तिगत जीवनभन्दा ठूलो मुलुक भएकाले मुलुको समृद्धिको लागी आफु जस्तोुसुकै कमद चाल्न सक्ने बताउनुभएको छ । एक टेलिभिजन अन्तर्वार्तामा उहाले यस्तो बताउनु भयो ।
देशलाई स्वर्ग बनेमा आफु मृत्यु पछि पनि नर्क जान तयार रहेको उद्घोष गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई लक्षीत गर्दै भ्रष्टाचारी, आतंककारी, दलाल, माफियालाई मुलुकको जिम्मा दिने पक्षमा आफु नभएको बताउनुभयो । पार्टीभित्रै कुर्सीको लडाईको लागि गुट र उपगुटले सरकारलाई काम गर्न नदिने र घेरावन्दीमात्र गर्दै मुलुकलाई अस्थितरताको बाटोमा डोर्याएको उल्लेख गर्दै उहाँले नेकपाको केही नेतृत्वले आफ्नो विगतका कतुर्तत लुकाउनको लागि सरकार हस्तान्तरण नगर्ने उद्घोष गर्नुभयो ।
टाउको गनेर केही नेता लागि परेको बताउँदै उहाँले आफुले पार्टी र जनताको हितको लागि पार्टी एकता गर्दा नै आफु अल्पमतमा परेर भएपनि एकतालाई सुदृढ बनाउने कार्य गरेको दावी गर्नुभयो । आफ्नो त्यागलाई कमजोरी ठानी केही नेताको गुटले देशी विदेशी तत्वहरुले मुलुकलाई अराजकताको बाटोमा अगाडी बढाउन सक्रिय भएपनि त्यो सफल नहुने स्पष्ट पार्नुभयो ।
जंगलमा बसेर प्रचण्डले १७ हजार मारेर उपद्रो मच्चाएको जस्तो सजिलो अहिले नभएको बताउँदै प्रधानमनत्री ओलीले प्रचण्डले ज्यान दिने नभई आफ्नो आफन्तलाई भरण पोशण गर्नु बाहेक केही गर्न नसकेको टिप्पणी गर्नुभयो । प्रचण्डको पछि पछि लागेर राम्रो कुरा देख्न र सुन्न नपरोस् भनेर आँखा, काम र मुख थुनेर बसेको समेत उहाँले बताउनुभयो ।