×

राजनीति

प्रधानमन्त्रीलाई कारवाही गर्ने अधिकार कसैलाई छैन: नेता तिलक महत

प्रधानमन्त्रीलाई कारवाही गर्ने अधिकार कसैलाई छैन: नेता तिलक महत
गैँडाकोट । नेकपाका युवा नेता तथा नवलपुरका सांसद तिलक महतले प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने अधिकार कसैसँग नभएको बताएका छन । स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई कारवाही गरेको भन्ने कुरामा कुनै तुक नभएको नेता महतले टिप्पणी गरे । विधानले पार्टि भित्र बहुमत र अल्पमतको कल्पना नगरेको नेता महतको भनाई छ । जनताको मत पाएर बनेको प्रधानमन्त्री र सम्मानित राष्टपतिलाई महाअभियोग लगाउने गम्भिर षडयन्त्र भएपछि प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा संसद विघाटन गरेको उनले बताए । उज्या...

प्रधानमन्त्रीको कदम स्वागतयोग्य छ : युवासंघ नवलपुर

प्रधानमन्त्रीको कदम स्वागतयोग्य छ : युवासंघ नवलपुर
गैँडाकोट । राष्ट्रिय युवा संघ नवलपुरले संसद विघटन प्रधानमन्त्री ओलीको बाध्यात्मक कदम भएको भन्दै जिल्लाका सबै युवाहरुलाई परिस्थितिको सामना गर्न तयार रहन आग्रह गरेको छ । विदेशी प्रतिकृयावादी शक्तिहरुसँग मिलेर आफ्नै दलभित्रका नेताहरुले सम्मानित राष्ट्रपति र प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव तयारी गरिनु दुर्भाग्यपूर्ण भएको युवासंघले जनाएको छ । राष्ट्रिय युवासंघ नवलपुरका संयोजक कृष्ण कंडेलले उज्यालो खबरसँग कुरा गर्दै मुलकलाई बचाउन प्रधानमन्त्रीबाट संसद विघटनको कदम च...

गृहमन्त्री थापा र उद्योग मन्त्री भट्टले गरे ओलीका पक्षमा कित्ता क्लियर

गृहमन्त्री थापा र उद्योग मन्त्री भट्टले गरे ओलीका पक्षमा कित्ता क्लियर
काठमाडौं ।तत्कालिन नेकपा माओवादी तर्फबाट मन्त्री भएका गृह मन्त्री रामबहादुर थापा बादल र उद्योग मन्त्री लेखराज भट्टले कित्ता क्लियर पारेका छन्। नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीहरुले सरकारबाट राजीनामा दिएपनि थापा र भट्टले राजीनामा नदिएका हुन्। शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीको क्वाटर बालुवाटार पुगेका थिए। थापा सरकारमा सामेल भएसँगै प्रधानमन्त्री ओली निकट बनेका थिए। तर अन्तिम समयमा पूर्व माओवादी एक ठाउँमा रहने पूर्व माओवादी कित्ताको अ...

सात जना मन्त्रीद्वारा सामूहिक राजीनामा

सात जना मन्त्रीद्वारा सामूहिक राजीनामा
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्। “राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिउको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उनीहरुले भनेका छ...

अख्तियार प्रमुखमा प्रेमकुमार राई सिफारिस

अख्तियार प्रमुखमा प्रेमकुमार राई सिफारिस
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्।संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको स्रोतले जानकारी दियो। अन्य निकायहरुमा पनि नियुक्ति सिफारिसको निर्णय भएको छ।‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर नियुक्तिको निर्णय ३० गते भएको हो,’ स्रोतले भन्यो, ‘रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको छ।’ सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत...

राष्ट्रपतिद्वारा संसद विघटन

राष्ट्रपतिद्वारा संसद विघटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए । तर राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको ...

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।

संसद विघटन गर्ने ओलीको सिफारिसपछि प्रचण्ड बालुवाटारमा, स्थायी कमिटी बैठक अनिश्चित

संसद विघटन गर्ने ओलीको सिफारिसपछि प्रचण्ड बालुवाटारमा, स्थायी कमिटी बैठक अनिश्चित
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको हो । यसैबीच, आज बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक पनि अन्योलमा परेको छ । घटनाक्रमले अर्कै मोड लिएकाले आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक अन्योलमा परेको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि प्र...

प्रधानमन्त्री द्वारा संसद विघटन सिफारिस

प्रधानमन्त्री द्वारा संसद विघटन सिफारिस
मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । ...