Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्।संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको स्रोतले जानकारी दियो।

अन्य निकायहरुमा पनि नियुक्ति सिफारिसको निर्णय भएको छ।‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर नियुक्तिको निर्णय ३० गते भएको हो,’ स्रोतले भन्यो, ‘रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको छ।’

सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।

अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन्। उनले झन्डै एक वर्षअघि सचिवबाट अवकाश पाएका थिए।

तपाईको प्रतिक्रिया