×

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ मन्त्रीहरु सहित मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

यसअघि साँझ ६ बजे बस्ने भनिएको बैठक मन्त्रीहरुको नाम तय हुन ढिलाई भएका कारण सरेको हो ।

प्रधानमन्त्रीले प्रचण्ड–माधव नेपाल समूह रहेका कतिपय नेताहरुलाई आफूतिर ल्याएर मन्त्री बनाउन लागेको बताइएको छ ।

पूर्व मओवादीतर्फका टोपवहादुर रायमाझी,मणि थापा,दावा लामा लगायत केही नेता मन्त्रीमा थपिने भएको स्रोतले जनाएको छ । यस्तै प्रभु साह र गौरीशंकर चौधरी पनि मन्त्री बन्न लागको बताइएको छ।

तपाईको प्रतिक्रिया