×

राजनीति

राप्रपा रत्ननगर नगरपालिकाको कार्यालयकाे उद्घाटन

राप्रपा रत्ननगर नगरपालिकाको कार्यालयकाे उद्घाटन
चितवन । राष्ट्रिय प्रजातन्त्रपार्टी रत्ननगर नगरपालिकाको कार्यालय उद्घाटन भएको छ ।नगरपालिकाको १० नं। वडामा स्थापना गरिएको कार्यालयको राप्रपाकी केन्द्रीय सहमहामन्त्री तथा वाग्मती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् । उद्घाटनपछि आउँदै गरेको तीनै तहको चुनावमा चितवनलाई राप्रपामय बनाउन गुरुङले सबैलाई आग्रह गरेकी छन् । राप्रपाले विभिन्न स्थानीय तहका वडामा कार्यालय भवनको उद्घाटन गरिहेको राप्रपा चितवनका युवा नेता सुलव सिग्देलले बताए । राप्रपा रत्ननगर नगरपालिकाका अध्यक्ष...

नेपाली काँग्रेस गैँडाकोटद्धारा कोषाध्यक्ष,कार्यसम्पादन समिति र नगरसमिति सदस्यहरु मनोनीत

नेपाली काँग्रेस गैँडाकोटद्धारा कोषाध्यक्ष,कार्यसम्पादन समिति र नगरसमिति सदस्यहरु मनोनीत
गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट नगरसमितिको आज बसेको बैठकले नगर कोषाध्यक्ष सहित कार्यसम्पादन समितिका सदस्य र नगर सदस्यहरु मनोनित गरेको छ ।नेपाली काँग्रेस गैँडाकोट नगरका सभापति बद्री सापकोटाको अध्यक्षतमा आज बसेको नगरको दोस्रो बैठकले नगरकोषाध्यक्ष सहित कार्यसम्पादन समितिका सदस्य र नगर सदस्यहरु मनोनीत गरेको नेपाली काँग्रेस गैँडाकोटले जनाएको छ । बैठकले पार्टिको नगर कोषाध्यक्षमा गोपीनाथ खरेललाई मनोनित गरेको छ । त्यसैगरी बैठकले खेमराज सापकोटा,शोभाकान्त काफ्ले, खडानन्द उपाध्या...

गैँडाकोट ८ का सातवटा टोलमा एमालेको टोल कमिटी गठन

गैँडाकोट ८ का सातवटा टोलमा एमालेको टोल कमिटी गठन
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटी वडा नं. ८ ले संगठन विस्तार कार्यक्रमलाई निरन्तरता दिएको छ । वडाका सवै ११ वटै टोलमा टोल कमिटी गठन गर्दै पार्टिका गतिविधीहरुलाई चलायमान बनाउँदै अघि बढेको एमाले गैँडाकोट ८ ले पछिल्लो पटक दुईवटा टोलमा टोल कमिटी गठन गरेको जनाएको छ । हालसम्म ७ वटा टोलमा टोल कमिटी गठन भएको छ । नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले करङघारी /बेलटारी टोल र विजय नगर टोलमा टोल कमिटी गठतन गरिएको जानकारी दिनुभयो । गैँडाकोट ८ का वडा अध्यक्ष डिलाराम र...

गैँडाकोटमा एमालेको संगठन विस्तार आक्रामक : वडा नं.१ का दशवटै टोलमा संयोजक चयन

गैँडाकोटमा एमालेको संगठन विस्तार आक्रामक : वडा नं.१ का दशवटै टोलमा संयोजक चयन
गैँडाकोट । नेकपा एमालले नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकामा संगठन विस्तार कार्यक्रमलाई आक्रमक रुपमा अघि बढाएको छ । गैँडाकोटका विभिन्न वडाहरुमा टोल कमिटि गठनका कामहरु तिव्र रुपमा भैरहेको नेकपा एमाले गैँडाकोटले जनाएको छ । सोमबारमात्रै गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेका १० वटै टोलमा नेकपा एमाले वडा कमिटिले टोल संयोजकहरु च्यन गरेको छ । वडा कमिटिको आज बसेको बैठले पार्टिका गतिविधिहरुलाई तल्लो तहसम्मै लैजानको लागि वडाका सबै टोलहरुमा संयोजक चयन गरिएको पार्टिका वडा अध्यक्ष भर...

चितवन राष्ट्रिय निकुञ्जका संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान

चितवन राष्ट्रिय निकुञ्जका संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान
चितवन । चोरी सिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्त्वपूर्ण क्षेत्रमा नयाँ सिसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ ।निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा क्यामेरा मर्मतको काम भइरहेको छ । कसरादेखि ध्रूर्वसम्म ११ वटा क्यामेरा नयाँ जडान र तीन वटा पुराना क्यामेरा ...

एमसीसीलाई लिएर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच दोहोरी

एमसीसीलाई लिएर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच दोहोरी
काठमाडौं-अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन एमसीसी लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ ।जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई एमसीसी पारित गर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ संशोधनपछि मात्रै पारित गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेपछि सत्तारुढ गठबन्धनमा दुईथरी धारणा निर्माण ...

जेठमा स्थानीय तहको निर्वाचन गर्न गठबन्धनको सरकारलाई सुझाव

जेठमा स्थानीय तहको निर्वाचन गर्न  गठबन्धनको सरकारलाई सुझाव
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि ...

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक फेरि शुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक पुन: बसेको हो । यसअघि नेताहरुले शनिबार विहान पनि छलफल गरेका थिए । साँझ शुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।आज अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्दैछ। पहिलोपटक भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्न लागेको हो।आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन र स्थानीय चुनावबारे छलफल गर्नेलगायतका एजेन्डा रहेको महामन्त्री गगन थापाले बताए। १४ औं महाधिवेशनबाट सभापति जितेपछि शेरबहादुर देउवाले दुई पटक केन्द्रीय समिति बैठक राखिसकेका छन्।आज तेस्रोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। मंसिरमा कांग्रेसले महाधिवेशन ...