
गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट नगरसमितिको आज बसेको बैठकले नगर कोषाध्यक्ष सहित कार्यसम्पादन समितिका सदस्य र नगर सदस्यहरु मनोनित गरेको छ ।नेपाली काँग्रेस गैँडाकोट नगरका सभापति बद्री सापकोटाको अध्यक्षतमा आज बसेको नगरको दोस्रो बैठकले नगरकोषाध्यक्ष सहित कार्यसम्पादन समितिका सदस्य र नगर सदस्यहरु मनोनीत गरेको नेपाली काँग्रेस गैँडाकोटले जनाएको छ ।
बैठकले पार्टिको नगर कोषाध्यक्षमा गोपीनाथ खरेललाई मनोनित गरेको छ । त्यसैगरी बैठकले खेमराज सापकोटा,शोभाकान्त काफ्ले, खडानन्द उपाध्याय( श्याम),मिना कुमारी खनाल,सकिला परियार, कृष्ण प्रसाद तिमल्सिना,चुन वहादुर केसी, लुकुश धिताल, हर्क बहादुर भुजेल र टंकनाथ सापकोटा लाई कार्यसम्पादन समितिको सदस्यमा मनोनित गरेको पार्टि सभापति बद्री सापकोटाले बताउनुभयो ।
त्यसैगरी बैठकले वेदवन्धु रेग्मी,मिलन घिमिरे, गिता तिवारी ,झलक पौडेल,पशुपति सापकोटा, कलाधर आचार्य, अनन्त राज पराजुली, गंगा सापकोटा, विष्णु प्रसाद पोखरेल, संजय कुमाल, मेघनाथ पौडेल, कमला वि क, रोहिणी सदाशंकर,दिनेश पौडेल,र डोलनाथ वगालेलाई पार्टिको नगर सदस्यमा मनोनित गरेको उहाँले बताउनुभयो ।
यसअघि सम्पन्न नगरअधिवेशनबाट निर्वाचित सदस्यहरुको कुल २० प्रतिशतले हुन आउने सदस्यहरु सभापतिले मनोनीत गर्ने ब्यवस्था अनुसार नगर सदस्यहरु मनोनित गरिएको हो ।