
गैँडाकोट । नेकपा एमालले नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकामा संगठन विस्तार कार्यक्रमलाई आक्रमक रुपमा अघि बढाएको छ । गैँडाकोटका विभिन्न वडाहरुमा टोल कमिटि गठनका कामहरु तिव्र रुपमा भैरहेको नेकपा एमाले गैँडाकोटले जनाएको छ ।
सोमबारमात्रै गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेका १० वटै टोलमा नेकपा एमाले वडा कमिटिले टोल संयोजकहरु च्यन गरेको छ ।
वडा कमिटिको आज बसेको बैठले पार्टिका गतिविधिहरुलाई तल्लो तहसम्मै लैजानको लागि वडाका सबै टोलहरुमा संयोजक चयन गरिएको पार्टिका वडा अध्यक्ष भरत अधिकारीले जानकारी दिनुभयो ।
हेर्नुहोस एमाले गैँडाकोट वडा नं. १ ले टोल अनुसार तोकेको संयोजकहरु
शुभ टोल–बाबुराम पराजुली
श्रीनगर टोल– शिबचन्द्र न्यौपाने
प्रतिभाटोल– डालिमाया मल्ल
मौलाकालिका टोल– रामचन्द्र शर्मा
मिलन टोल– ख्याम नारायण शर्मा अधिकारी
प्रगति टोल– चिरञ्जीवी उपाध्याय पोख्रेल
धारापानी टोल– टेक बहादुर मगर
गङ्गानगर टोल– बुद्धिमाया ठकुरी
जौजुवा टोल–पुर्णकला पौडेल
आदर्श टोल– जयलाल अधिकारी