नवलपूर ।

नेपाली काँग्रेस वडा नं ५ को भवानी टोल समिति गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नेपाली काँग्रेस महिला संघ नवलपुरकी कोषाध्यक्ष शान्ति न्यौपानेले नेपाली काँग्रेसलाई थप सशक्त र प्रभावकारी बनाउन टोल समिति गठनलाई चुस्त पारिएको बताउनुभयो । नेपाली काँग्रेस गैँडाकोट ५ ले यस अघि नै ८ ओटा टोल समिति गठन गरिसकेको जानकारी वडा सभापति लक्ष्मण कार्कीले दिनुभयो । केही दिनभित्रै बाँकी टोल समिति गठन गर्ने जानकारीसमेत उहाँले दिनुभयो । कार्यक्रममा टोल समिति गठन र काम, कर्तव्य र अधिकारका विषयमा नेपाली काँग्रेस नगर सचिव गोविन्द घिमिरेले प्रकाश पार्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य नेतृ कुमारी रेखा पौडेलले राख्नुभएको थियो । निर्वाचन कार्यक्रमको सहजीकरण गोविन्द रिमालको रहेको सो कार्यक्रमको सहजीकरण वडा सह सचिव विष्णुराज सिग्देलले गर्नुभयो । कार्यक्रम इन्द्र बहादुर बरूवालको अध्यक्षतामा सम्पन्न भयो । नवगठित समितिको सभापतिमा पुष्कल भट्टराई, उपसभापति शिवशंकर (बाबुराम) लामिछाने, सचिव विद्या अधिकारी सुबेदी, कोषाध्यक्ष जमुना भुषाल, सहसचिव कृष्णहरि सापकोटा र सदस्यहरुमा विष्णुमाया सापकोटा, शान्ता थापा क्षेत्री, कल्याणी खनाल, सरस्वती दाहाल, नेत्रबहादुर थापामगर, नन्दकुमारी सुस्लिङ मगर, युवराज कँडेल, मोहन बाँनिया, राधिका तिमिल्सिना र रामचन्द्र खनाल चयन हुनुभएको छ । कार्यक्रममा शुभकामना मन्तव्य नेपाली काँग्रेस नगर समितिका कोषाध्यक्ष गोपीनाथ खरेल, कार्यपालिका सदस्य पार्वती सापकोटालगायतले राख्नुभएको थियो । टोल समितिलाई गतिशील बनाउने सबालमा नवनिर्वाचित सभापतिले प्रतिबद्धता व्यक्त गनुभएको थियो ।

तपाईको प्रतिक्रिया