गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटी वडा नं. ८ ले संगठन विस्तार कार्यक्रमलाई निरन्तरता दिएको छ । वडाका सवै ११ वटै टोलमा टोल कमिटी गठन गर्दै पार्टिका गतिविधीहरुलाई चलायमान बनाउँदै अघि बढेको एमाले गैँडाकोट ८ ले पछिल्लो पटक दुईवटा टोलमा टोल कमिटी गठन गरेको जनाएको छ । हालसम्म ७ वटा टोलमा टोल कमिटी गठन भएको छ ।

नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले करङघारी /बेलटारी टोल र विजय नगर टोलमा टोल कमिटी गठतन गरिएको जानकारी दिनुभयो । गैँडाकोट ८ का वडा अध्यक्ष डिलाराम रिजालको प्रमुख आतिथ्यतामा भएको भेलाले करङघारी /बेलटारी टोलमा भिमा बनको अध्यक्षतमा ३५ सदस्यीय टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा विष्णु श्रेष्ठ सचिवमा शोभा शर्मा र उपसचिव द्धयमा प्रकाश अधिकारी र सिता कुंवर रहनुभएको अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो ।

टोल कमिटी गठन अभियान अन्तर्गत आजमात्रै विजयनगर टोलमा लेखनाथ पराजुलीको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा मिना कुमारी रिजाल सचिवमा अमन पौडेल र उपसचिवमा रामचन्द्र पौडेल र खिमा वन रहनुभएको छ ।

नेकपा एमालेका जिल्ला सदस्य गोपाल गौतमको प्रमुख आतिथ्यता एवंम् नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेताहरुले पार्टिलाई बलियो बनाउन सबैको साथ आवश्यक भएको बताए । जनताको दुखमा एमाले हुनुपर्ने भन्दै जनताका समस्यालाई हल गर्नको लागि पार्टिले काम गरिरहेको धारण राखे ।

तपाईको प्रतिक्रिया