लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा परमादेश जारी गरेको छ ।लामो समय सुनुवाइ गरी बुधबार जारी भएको परमादेशमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न परमादेश जारी गरेको हो ।
परमादेशमा भनिएको छ, ‘परीक्षाफल रोक्न लोक सेवा आयोगलाई अनुरोध गरी पठाउने भनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ भदौ ३ मा भएको निर्णय र पत्राचार तथा तदअनुरुप ...


