×

राजनीति

निर्वाचन आयोगद्धारा सर्वदलीय बैठक आह्वान

निर्वाचन आयोगद्धारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ’ उनले भने ।

आज पृथ्वीजयन्ती मनाइँदै

आज पृथ्वीजयन्ती मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उ...

एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे

एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे
कावासोती । लामो रस्साकस्सी पछि अनन्तस् एमाले नवलपुरले नेतृत्व पाएको छ। शुक्रबार देखि सुरु भएको एमाले नवलपुरको अधिवेशनबाट अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन भएका छ्न ।शुक्रबार उदघाटन भएको अधिवेशनको बन्दसत्र शनिबार देखि सुरु भए पनि आकांक्षीहरु बिच सहमति हुन नसक्दा आईतबार बन्द सत्रले सर्वसम्मत बनाएर घोषणा गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको थियो । अध्यक्षका दाबेदार निवर्तमान अध्यक्ष रोशन गाहा र सचिव जीवन श्रेष्ठ दुवैले दाबी नछोडे पछि अध्यक्ष मण्डलले पाण्डेको नाममा सहमति...

एमाले नवलपुरमा नेतृत्व छान्न सकस : रातभरमा सहमति नभए भोलि चुनाव

एमाले नवलपुरमा नेतृत्व छान्न सकस : रातभरमा सहमति नभए भोलि चुनाव
सुस्मा न्याैपाने  गैँडाकोट । नेकपा एमाले नवलपुरको आठौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि नेतृत्वविच छलफल जारी छ । नयाँ नेतृत्व चयनका लागि धेरैजनाले आकांक्षा राखेपछि सहमति कायम हुन सकस परेको छ ।नेकपा एमाले नवलपुरका ईन्चार्ज तिलक बहादुर महत संयोजक रहेको सात सदस्यीय अध्यक्ष मण्डलले सहमति कायम गर्नका लागि कलष्टर विभाजन गरि जिल्ला सदस्यहरुको सूचि तयार गर्न लागि परेको छ । महत संयोजक रहेको अध्यक्ष मण्डलमा पार्टिका नेताहरु रविन्द्र अधिकारी, कृष्ण पौडेल, पद्मा जिसी...

ओलीलाई देउवाको प्रस्ताव : संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं

ओलीलाई देउवाको प्रस्ताव : संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । र, संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी सम्झौता अनुमोदन गर्न प्रस्ताव गरोका छन् । बिहीबार मात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि शनिबार प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट, भक्तपुर...

एमाले चितवनका कार्यकर्ताले नै मेरो नेतृत्व खोजिरहनुभएको छ – रामप्रसाद न्यौपाने

एमाले चितवनका कार्यकर्ताले नै मेरो नेतृत्व खोजिरहनुभएको छ – रामप्रसाद न्यौपाने
चितवन । आज पुस २३ गतेदेखि नेकपा एमाले चितवनको दसौँ जिल्ला सम्मेलन सुरु भएकाे छ । सम्मेलनले ३ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्दैछ । एमालेको जिल्ला अध्यक्षमा दाबेदारी गर्नेहरूमध्ये रामप्रसाद न्यौपाने बलिया उम्मेदवारका रुपमा देखिएका छन् । २०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि नेकपा एमालेको पूर्णकालिन कार्यकर्ताको रूपमा कार्यरत छन् । राजनीतिसँगै समाजसेवासमेत गर्दै आएका न्यौपाने विभिन्न सामाजिक संघसंस्थामा बसेर क्रियाशील छन् । चितवनको माडीमा तत्कालिन माओवादीले गराएको ...

राष्ट्रियसभाको यो चुनावपछि कांग्रेसले चुनावी गठबन्धन गर्दैन : गगन थापा

राष्ट्रियसभाको यो चुनावपछि कांग्रेसले चुनावी गठबन्धन गर्दैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् ।बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन’ उनले भने । महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो ...

नवलपुर सहित कांग्रेसको १६ जिल्ला अधिवेशन माघ १५ गतेलाई सारियो

नवलपुर सहित  कांग्रेसको १६ जिल्ला अधिवेशन माघ १५ गतेलाई सारियो
नवलपुर। नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । यसअघि अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारिएको थियो । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हु...

राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा मनोनयन दर्ता
पोखरा । राष्ट्रिय सभामा गण्डकीबाट रिक्त ३ पदको निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गरेका हुन्।यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल, लीला थनेत र अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गरेका छन्। गण्डकीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दीनानाथ शर्मा, खिमबहादुर विक र शान्ति अधिकारीको आउँदो असारमा पदावधि सकिने भएसँगै त्यही सि...