×

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गरेको छलफल सकिएको छ ।उक्त छलफलमा आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका छन् ।

त्यस्तै छलफलमा आयोगलाई कोरोना संक्रमणको स्थितिलाई हेर्दै निर्वाचन केन्द्र थप्न कांग्रेस नेता रमेश लेखकले भने ।आयोगले शुक्रबार राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र आगामी स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको थियो।

तपाईको प्रतिक्रिया