
कावासोती । लामो रस्साकस्सी पछि अनन्तस् एमाले नवलपुरले नेतृत्व पाएको छ। शुक्रबार देखि सुरु भएको एमाले नवलपुरको अधिवेशनबाट अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन भएका छ्न ।शुक्रबार उदघाटन भएको अधिवेशनको बन्दसत्र शनिबार देखि सुरु भए पनि आकांक्षीहरु बिच सहमति हुन नसक्दा आईतबार बन्द सत्रले सर्वसम्मत बनाएर घोषणा गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको थियो ।
अध्यक्षका दाबेदार निवर्तमान अध्यक्ष रोशन गाहा र सचिव जीवन श्रेष्ठ दुवैले दाबी नछोडे पछि अध्यक्ष मण्डलले पाण्डेको नाममा सहमति गरेको हो । स्रोतका अनुसार गाहा र श्रेष्ठले एक अर्कालाई स्विकार गर्न नसकेका तर पाण्डेको नाममा दुवै जना सहमत भएका हुन ।त्यसै गरि उपाध्यक्षमा मनविर थापा, सचिवमा भिमलाल अधिकारी र उपसचिवमा भिमलाल कंडेल र यमुनाथ आचार्य सर्वसम्मत चयन गरिएको घोषणा निर्वाचन समितिका संयोजक तिर्थ कंडेलले गरेका हुन ।