×

मध्य नेपाल

अनलाईनबाट सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह

अनलाईनबाट सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह
बुटवल । कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो । हेर्नुहोस् नगरपालिकाको सूचना

वीरगञ्ज र पाल्पामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु

वीरगञ्ज र पाल्पामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु
नवलपुर । वीरगञ्ज र पाल्पामा कोरोना संक्रमणबाट २ जना महिलाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिनुुभयो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्...

सज्जा चौलागाई बनिन नेपाल आईडल

सज्जा चौलागाई  बनिन नेपाल आईडल
काठमाडौं  ।  तेस्रो सिजनको नेपाल आइडलको उपाधि सज्जा चौलागाईले जितेकी छन् । एपी वान टेलिभिजनका अध्यक्ष क्याप्टेन रामेश्वार थापाले नेपाल आइडलको उपाधि घोषणा गरेका हुन् । यस्तै फस्ट रनरअप प्रविण बेडवाल र सेकेण्ड रनरअप किरण भुजेल भएका छन् । नेपाल आइडल बन्न सफल चौलागाईले ५० लाख, फस्ट रनरअप बेडवालले १० लाख र सेकेण्ड रनरअप भुजेलले ५ लाख प्राप्त गरेका छन् ।

चितवनमा स्कुल भित्रै जुवा खेल्ने हेडमास्टर सहित ११ जना पक्राउ

चितवनमा स्कुल भित्रै  जुवा खेल्ने  हेडमास्टर सहित ११ जना पक्राउ
चितवन । चितवन प्रहरीले स्कुल भित्रै जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई बिहीबार दिउँसो १ बजे पक्राउ गरि प्रहरीले आज विवरण सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले जुवाडेहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकार...

चितवनका ब्राह्मणहरुको धारणा, कोरोनामा सोह्र श्राद्ध कसरी गर्ने ?

चितवनका ब्राह्मणहरुको धारणा, कोरोनामा सोह्र श्राद्ध कसरी गर्ने ?
चितवन । भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध आरम्भ हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ। तर, कोरोना भाईरसका कारण देशका विभिन्न स्थानमा लकडाउन जारी रहेको संक्रमणको दर बढेको र भेटघाटको समय नरहेकोले यस्तो अवस्थामा कसरी सोह्रश्राद्ध गर्ने ? यजमानहरू अलमलमा परेका छन्। कतिपयले सोह्र श्राद्धलाई अनलाई...

आईसोलेसनबाटै भरतपुर अस्पताल हाँक्दै मेसु डा. तिवारी

आईसोलेसनबाटै भरतपुर अस्पताल हाँक्दै मेसु डा. तिवारी
चितवन । सके र भएसम्म कोरोना रोगको उपचारको जिम्मेवारीबाट निजी क्षेत्र पन्छिन चाहिरहेका छन् । देशैभर सरकारी स्वास्थ्य संस्थाले कोरोना रोगको उपचारमा नेतृत्व गरिरहेका छन् । यस्तै नेतृत्व गर्दै आइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले दुई सातादेखि आफै कोरोना सङ्क्रमण सँग लड्दै अस्पताल हाँकी रहनुभएको छ । बाह्र दिन अघि अस्पतालमै खटिरहँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भयो । स्वाब दिएको तीन दिनमा नतिजा आउँदै गर्दा त्यसबीचमा गरिएका अस्पतालका बैठकमा ...

बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका पुरुषको मृत्यु

बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका पुरुषको मृत्यु
बुुटवल । रुपन्देहीको बुटवलमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको गएराति मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नं १ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी जानकारी दिनुुभयो । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको डा. थापाले बताउनुभयो ।

झोलुङ्गे पुल हेर्न सिक्रि बेचेर सय किमी यात्रा

झोलुङ्गे पुल हेर्न सिक्रि बेचेर सय किमी यात्रा
गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार जना साँझ घरमा फर्के । १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्क विहिन भ...

भरतपुरमा खानेपानी वितरणमा समस्या

भरतपुरमा खानेपानी वितरणमा समस्या
चितवन  । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ । “ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापति दाहालले बताउनुभ...