×

मध्य नेपाल

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोको जोखिम कायमै

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोको जोखिम कायमै
चितवन । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिए पनि पहिरोको जोखिम र जीर्ण पुलको समस्या समाधान हुन सकेकाे छैन । काठमाण्डौ, पोखरा लगायतका मुख्य सहरलाई तराईसँग जोड्ने  नारायणगढ– मुग्लिन सडकखण्डको दुःख नहट्दा सर्वसाधरणले बेलाबखत हैरानी खेप्नु परेकाे छ । सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ । सडक दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा भने पहिरो जान राेकिएकाे छैन ।पहिरोको जोखिम क्षेत...

लमजुङमा १७ नेपाली सेनामा कोरोना संक्रमण

लमजुङमा १७ नेपाली सेनामा कोरोना संक्रमण
पोखरा । गण्डकी प्रदेशमा बुधबार एकै पटक २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पोखराका दुई जनासमेत छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ७ः१५ बजे दिएको जानकारी अनुसार गण्डकीका तीन जिल्ला कास्की, लमजुङ र नवलपरासी पूर्वमा २३ जना संक्रमित भेटिएका छन् । जसमा सबैभन्दा धेरै लमजुङको वेशीशहरमा २० जना संक्रमित भेटिएका छन् । लमजुङमा भेटिएको संक्रमितको यो संख्या हालसम्मकै धेरै हो । यीमध्ये एक जना बैंकका कर्मचारी र १७ जना नेपाली सेना हुन् । यसैगरी पोखरा महानगरपालिका...

भरतपुर अस्पतालको प्रसूति सेवा सुचारु, महिलाहरु लाभान्बित

भरतपुर अस्पतालको प्रसूति सेवा सुचारु,  महिलाहरु लाभान्बित
नारायण अधिकारी, चितवन,भदौं ९- भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि बन्द गरिएको अस्पतालको प्रसूति सेवा सुचारु भएसँगै महिलाहरु लाभान्बित हुन थालेका छन् । अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । अस्पतलका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरि अस्पताललाई पूर्ण निर्मलीकरण गरेर भदौ ४ गते दिउँसोबाट सेवा सुचारु गरेको हो । अस्पताल बन्द गर्नुअघि दैनिक ४० जनाभन्दा वढी प्रसूति गराइँदै आएको थिय...

चितवनमा थप १७ जनामा कोरोना पुष्टि

चितवनमा थप १७ जनामा कोरोना पुष्टि
चितवन ९ भाद्र । चितवनमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।भरतपुरमा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्। भरतपुर महानगरपालिकाका ७ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्री पुष्पाञ्जली हस्पिटलमा उपचार गराइरहेका भरतपुर महनानगरपालिका वडा नम्बर ३ का ५१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ भने बाँकि ६ जनाले पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक ...

मंगलबारबाट काममा नजाने वीरगञ्जका निजी अस्पतालका डाक्टरको निर्णय

मंगलबारबाट काममा नजाने वीरगञ्जका निजी अस्पतालका डाक्टरको निर्णय
८ भदौ , वीरगञ्ज । वीरगञ्जका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत एमबीबीएस डाक्टरले काममा नजाने निर्णय गरेका छन् । ५ बुँदे माग पूरा नभएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनीसहित काममा नजाने निर्णय गरेका हुन् । यसअघि उनीहरु आवद्ध निजी अस्पताल, चिकित्सक संघ, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायमा विभिन्न ५ बुँदे मागसहित ७ दिने अल्टिमेटम दिएका थिए । ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराए पनि कतैबाट मागको सुनुवाइ नभएकोले मंगलबारबाट काममा नजाने निर्णय गरे...

बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडासहित तीन स्थानमा कोरोना परीक्षण ल्याब थप गर्ने

बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडासहित तीन स्थानमा कोरोना परीक्षण ल्याब थप गर्ने
बाग्मती, भदौ ७- केहीदिन अघिमात्रै काभ्रेको धुलीखेलमा कोरोना परीक्षण ल्याब सञ्चालन गरेको बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडासहित तीन स्थानमा कोरोना परीक्षण ल्याब थपगर्ने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि यसअघि सञ्चालित ल्याबले धान्न सकैको छैन । दैनिक ९०० भन्दा बढीको परीक्षण गर्न मिल्नेगरी नयाँ ल्याब सञ्चालन गर्ने तयारी थालिएको सरकारले जनाइएको छ । सरकारले ९६ प्यानलको तीन वटा पिसिआर मेसिन खरिदगर्न लागेको हो । प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष...

कोरोना संक्रमणबाट रुपन्देहीमा २ जनाको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीमा २ जनाको मृत्यु
७ भदौ, बुटवल । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।   अनलाईन खबरबाट

यादव हत्याकाे आरोपमा दुई जना पक्राउ

यादव हत्याकाे  आरोपमा  दुई जना पक्राउ
नवलपरासी, भदौ ७- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । विवादका कारण गरिएको कुटपिटका कारण यादवको मृत्यु भएको हुन सक्ने ...

रुपन्देहीमा भदौ १४ सम्म निषेधाज्ञा थपिने

रुपन्देहीमा भदौ १४ सम्म निषेधाज्ञा थपिने
७ भदौ, बुटवल । रुपन्देहीमा आइतबार राति (आज) सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थपिने भएको छ । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको  आज बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।रुपन्देहीका सीडीयो  महादेव पन्थले सीसीएमसीको वैठकले निषेधाज्ञा भदौ १४ गतेसम्म थप गर्न सिफारिस गरेको र साँझसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गर्ने बताए ।