निर्वाचनलाई लक्षित गर्दै काँग्रेसद्धारा गैँडाकोटमा नगर वडासम्वाद कार्यक्रम सुरु
गैँडाकोट । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले नवलपरासी (पूर्व)को गैँडाकोटमा नगर वडा सम्वाद कार्यक्रम सुरु गरेको छ । गैँडाकोट नगरपालिका भित्रका १८ वटै वडामा पुगेर त्यहाँका कँग्रेसजनहरुको भावना, समस्या, गुनासा र सुझाव संकलन गर्ने उदेश्यले नगरसंवाद कार्यक्रमको सुरुवात गरिएको हो ।
नगरसभापति बद्री सापकोटाले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा घरघरमै पुुगेर कार्यकर्ताका सुुझाव, समस्या र भावनाहरु समेट्न नगर वडा संवाद कार्यक्रमको थालनी गरिएको बताउनुुभ...


