अक्सफोर्ड कलेजको दिक्षान्त समारोहमा २३१ विद्यार्थीहरु दीक्षित (फोटो फिचर)
गैंडाकोट । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको १७ औं दिक्षान्त समारोह सम्पन्न भएको छ । कलेज परिसरमा मंगलवार आयोजित समारोहमा कलेजका २३१ जना विद्यार्थीहरु दिक्षित भएका हुन । गतवर्ष कोरोना महामारिका कारण दिक्षान्त समारोह गर्न नसकिएकाले गत वर्ष र चालु वर्षको गरि दुवै सेमेस्टरका BBA, BCA, BE (सिमिल) र BE (इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स) का ग्य्राजुयट २३१ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।
समारोहलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका स...


