नवलपुर । नवलपुरमा नवलपुर प्रहरीले जुवा खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा गएका टोलीले देवचुली नगरपालिका ३ घुमाउने भिर भन्ने स्थानमा सूर्यबहादुर फाल मगरको घरमा तास खेलिरहेका ६ जनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ३ बुक तास र ५१ हजार ८ सय ५५ रुपैयाँ बरामद गरेको छ ।पक्राउ पर्नेमा देवचुली ३ निवासी सुर्य ब।फाल मगर, चन्द्र बहादुर थापा, श्याम बहादुर थापा, बम बहादुर राना, जस बहादुर फाल मगर र उदय खनाल रहेका छन् ।उनीहरुलाई आवश्यक कारवाहीको लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया