×

मध्य नेपाल

नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस भेटिए, एककाे मृत्यु

नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस भेटिए, एककाे मृत्यु
काठमाण्डौ । काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ । नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ । गम्भीर घाइते चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहर...

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको...

स्थानीय तहको पाँच वर्ष, पूर्वाधार विकासमा फड्को

स्थानीय तहको पाँच वर्ष, पूर्वाधार विकासमा फड्को
नवलपुर । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन् । पाँच वर्ष कार्यकाल समापन हुनै लाग्दा धेरैजसो स्थानीय तहले पूर्वाधार क्षेत्रको विकासमा उल्लेख्य फड्को मारेका छन् । तीमध्ये कावासोती नगरपालिकाले समेत पाँच वर्ष अवधि समापन हुनै लाग्दा सडक स्तरोन्नति, चक्रपथ, प्रशासनिक भवन, व...

दमौली बजारमा भीषण आगलागी : सात घर जलेर नष्ट

दमौली बजारमा भीषण आगलागी : सात घर जलेर नष्ट
तनहुँ।  तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो ।विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले  जानकारी दिनुभयो । उहाँकाअनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि  पानीसहित सीम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घ...

एमाले अध्यक्ष ओली सोमबार नवलपुर आउने

एमाले अध्यक्ष ओली सोमबार नवलपुर आउने
नवलपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि नवलपुर आउनुहुने भएको छ । जिल्लाको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा सहभागी हुन ओली नवलपुर आउन लाग्नुभएको हो । क्याम्पस प्रमुख समेत रहनुभएका नेकपा एमालेका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेका अनुसार ओलीले क्याम्पसको नवर्निमित पुस्तकालय भवन र प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएपछि ओली पहिलोपटक नवलपुर आउन लाग्नुभएको हो । विहान ११ व...

नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु

नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु
गैँडाकोट । नारायणी नदीमा पौडी खेल्न गएका २ बालकको मृत्यु भएको छ । बिहीवार दिउसो २ वजे भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका २ जना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ विकासचोक घर भएका १० वर्षका बिदान गौतम रहेका छन् अर्का एक बालकको परिचय खुल्न सकेको छैन । उनिहरुको नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा ज्यान गएको चितवन प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको छ ।

सेवा र मनोरञ्जन मिश्रित विश्व रोटर्याक्ट सप्ताह हुँदै

सेवा र मनोरञ्जन मिश्रित विश्व रोटर्याक्ट सप्ताह हुँदै
काठमान्डौ । हरेक वर्ष जस्तै यस वर्ष पनि रोटर्याक्ट क्लब अफ धरान घोपाको आयोजनामा मार्च ७ देखि मार्च १३ सम्म विश्व रोटर्याक्ट सप्ताह हुने भएको छ। सन् १९६८ मा पहिलो रोटर्याक्ट क्लबको स्थापना भएको सम्झनामा हरेक वर्ष विश्वभरका रोटर्याक्टरहरू र रोटारियनहरूले यस विश्व रोटर्याक्ट सप्ताह मनाउँछन्। यस सप्ताह समुदायमा रोटर्याक्टको महत्त्वक‍ो उत्सव रुपमा रहेको छ जसको रो। अनिष अधिकारी संयोजकको रुपमा र रो। कृष्टिना नेपाल कार्यकरी सचिवको रुपमा रहेको छ। सेवा, खेलकुद र मनोरञ्जन गरि तीन विध...

गण्डकीका महिलाको स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचार अब चितवनमा पनि

गण्डकीका महिलाको स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचार अब चितवनमा पनि
गैँडाकाेट । स्तन तथा पाठेघर क्यान्सरबाट पीडित गण्डकी प्रदेशका महिलाहरुको निशुल्क उपचार चितवनको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा हुने भएको छ ।स्तन र पाठेघर क्यान्सर रोगीको उपचारमा प्रदेश सरकारले प्रदान गर्ने निस्शुल्क उपचारका लागी गरिएको व्यवस्था कार्यान्वयनमा ल्याउन अस्पतालका का निर्देशक डाक्टर देज कुमार गौतम र प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट सचिब डाक्टर श्रीराम तिवारीले बुधबार सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री ...

नेकपा एमाले गैँडाकाेट वडा नं. २ को इन्चार्जमा नेता पौडेल

नेकपा एमाले गैँडाकाेट वडा नं. २ को इन्चार्जमा  नेता पौडेल
गैँडाकोट । नेकपा एमाले गैँडाकोट २ को ईन्चार्जमा नेता धन बहादुर पौडेल चयन हुुनुुभएको छ । नेकपा एमाले नवलपुरको आज बसेको बैठकले नेता पौडेललाई गैँडाकोट नगरपालिका वडा नं. २ को ईन्चार्ज तोकको नेकपा एमाले गैँडाकोट २ का अध्यक्ष राजु भूसालले जानकारी दिनुभयो  । तत्कालिन गैँडाकोट गाउँकमिटीकाे सचिव र अध्यक्ष हुँदै ईलाका कमिटीको समेत नेतृत्व गरेका पौडेल हाल जिल्ला कमिटीका सदस्य समेत हुनुहुन्छ विगतमा गैँडाकोटमा एमाले कमजोर रहेका बेला समेत अविचलित भै पार्टीका लागि योगदान दिएको भन्दै एमाल...