×

मध्य नेपाल

गैँडाकाेटका सुकुम्वासीले भने : पहिला पुर्जा पछि भाेट

गैँडाकाेटका सुकुम्वासीले भने : पहिला पुर्जा पछि भाेट
गैंडाकोट । लालपुर्जाको माग गर्दै गैंडाकोटमा राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुर जिल्ला समितिले ऱ्याली प्रदर्शन गरेको छ । गैंडाकोटको श्रीराम पार्टी प्यालेसबाट निस्किएको प्ले कार्ड र व्यानर सहितको ऱ्यालीले नगरपालिका परिसरमा पुगेर कोणसभा गरेको थियो । स्थानिय चुनाव नजिकिंदै गर्दा जिल्लाका भूमिहिन सुकुम्बासीहरुले आफ्नो गतिविधि तिब्र पारेका छन । ऱ्यालिमा सहभागिहरुले ’चोरी दर्ता बन्द गर, पहिला पूर्जा-पछि भोट, सुकुम्वासी समस्या समाधान गर, सुकुम्बासी आयोग चालु गर र सुरक्षित घरबास सबै...

राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन दिन्नौं :लिङ्देन

राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन दिन्नौं :लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।सोमबार बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् । ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिदैनौं । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छ...

ढुक्क हुनुस् पार्टीबाट एमसीसी फेल भए राजीनामा दिन्छु :प्रचण्ड

ढुक्क हुनुस् पार्टीबाट एमसीसी फेल भए राजीनामा दिन्छु :प्रचण्ड
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पार्टीबाट फेल भए राजीनामा दिने बताएका छन् ।चुनावपछि एमसीसीबारे पार्टीमा छलफल हुने बताउँदै प्रचण्डले पार्टीबाट एमसीसी फेल भए राजीनामा दिने बताएका हुन् । पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले भने ‘ एमसीसी पार्टीबाटै फेल भए राजीनामा दिन्छु । ढुक्क हुनु’, तर पार्टीभित्र छलफल भने चुनावपछि मात्रै हुन्छ ।’ एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै उनले...

संखुवासभामा बस दुर्घटना हुँदा, १० जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना हुँदा, १० जनाको मृत्यु
काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।  

आजदेखि होली सुरू,बसन्तपुरमा चीर ठड्याइयो

आजदेखि होली सुरू,बसन्तपुरमा चीर ठड्याइयो
काठमाडौं ।  काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै होली पर्व शुरू भएको छ।बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।चीर ठड्याएसँगै आजदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरूखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ । आज...

वडा अध्यक्षमाथि आक्रमणकाे विरोधमा चितवनकाे कालिका नगरपालिका बन्द

वडा अध्यक्षमाथि आक्रमणकाे विरोधमा चितवनकाे कालिका नगरपालिका बन्द
चितवन, २५ फागुन । कालिका नगरपालिकाले वडा अध्यक्षमाथि अभद्र व्यवहार भएको विरोधमा आज एक दिन सेवा बन्द गरेको छ । नगरपालिकाले आज एक सूचना प्रकाशित गरी आज दिनभरी नगरपालिका र वडा कार्यालयबाट दिईने सेवा बन्द हुने जनाएको हो । नगर प्रमुख मुखनारायण श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ “यही २३ गते यस नगरपालिकाको वडा नं। ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य टिकाराज रिजालमाथि उहाँकै कार्यकक्षमै अराजक व्यक्तिहरुको समूहले गरेको भद्र व्यवहारको विरोधमा आज एक दिन सेवा प्रवाह बन्द रहने छ ।” स...

देउवाले कार्यकर्तालाई भने : गठबन्धन दलको चित्त दुख्ने गरी नबोल्नू

देउवाले कार्यकर्तालाई भने : गठबन्धन दलको चित्त दुख्ने गरी नबोल्नू
काठमाडौं ।  प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँगको छलफलमा बोलेका प्रधानमन्त्री देउवाले गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने गरी कुरा नगर्न निर्देशन दिएका छन्। ‘गठबन्धन दललाई चित्त दुख्ने गरी कुरा नगर्नू,’ सभापति देउवाका भन...

पल शाहलाई बयानका लागि गैंडाकोट ल्याईदै

पल शाहलाई बयानका लागि गैंडाकोट ल्याईदै
नवलपुर । नाबालिकामाथि जवर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि गैंडाकोट  ल्याइने भएकाे छ ।फागुन ११ गते एक नावालिका गायिकाले शाहले आफूमाथि जवर्जस्ती करणी गरेको भन्दै जाहेरी दर्ता गरेपछि १५ गतेदेखि शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । फागुन १५ गते तनहुँ प्रहरी समक्ष आत्मसर्पण गरेका शाह विरुद्ध सोही दिन नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि शाहलाई आज तनहुँबाट गैंडा...

अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् । नेपालको संविधानले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पछि अहिले राजनीतिमा महिलाको सक्रियता बढ्दै गएको छ । उत्पी...