×

चितवन, २५ फागुन । कालिका नगरपालिकाले वडा अध्यक्षमाथि अभद्र व्यवहार भएको विरोधमा आज एक दिन सेवा बन्द गरेको छ । नगरपालिकाले आज एक सूचना प्रकाशित गरी आज दिनभरी नगरपालिका र वडा कार्यालयबाट दिईने सेवा बन्द हुने जनाएको हो ।

नगर प्रमुख मुखनारायण श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ “यही २३ गते यस नगरपालिकाको वडा नं। ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य टिकाराज रिजालमाथि उहाँकै कार्यकक्षमै अराजक व्यक्तिहरुको समूहले गरेको भद्र व्यवहारको विरोधमा आज एक दिन सेवा प्रवाह बन्द रहने छ ।” सूचनामा स्वास्थ्य क्षेत्रका अत्यावश्यक सेवा भने नियमित संचालन हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया