×

गैँडाकाेट । स्तन तथा पाठेघर क्यान्सरबाट पीडित गण्डकी प्रदेशका महिलाहरुको निशुल्क उपचार चितवनको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा हुने भएको छ ।स्तन र पाठेघर क्यान्सर रोगीको उपचारमा प्रदेश सरकारले प्रदान गर्ने निस्शुल्क उपचारका लागी गरिएको व्यवस्था कार्यान्वयनमा ल्याउन अस्पतालका का निर्देशक डाक्टर देज कुमार गौतम र प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट सचिब डाक्टर श्रीराम तिवारीले बुधबार सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री प्रजनन अङ्गसँग सम्बन्धित क्यान्सरको उपचारका लागि प्रदेश सरकारले रु ५० हजार बराबरको सहुलियत दिने छ । नेपाल सरकारले उपलब्ध गराउने रु एक लाख खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने कार्यकारी निर्देशक डा गौतमले जानकारी दिए । “गण्डकीका महिलाले प्रजनन् अङ्गसँग सम्बन्धित क्यान्सरको उपचार गर्दा नेपाल सरकारको रु एक लाखपछि प्रदेश सरकारको रु ५० हजार सहुलियत पाउने छन् ।”, गौतमले बताए ।

उनका अनुसार स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायतको उपचारमा यो सहुलियत लिन पाइने छ । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाले यो सुविधा लिन पाइने डा गौतमको भनाइ छ । सचिव डा तिवारीले प्रदेश सरकारको नीतिअनुरुप नै यो सम्झौता गरिएको बताए ।

 

तपाईको प्रतिक्रिया