×

काठमान्डौ । हरेक वर्ष जस्तै यस वर्ष पनि रोटर्याक्ट क्लब अफ धरान घोपाको आयोजनामा मार्च ७ देखि मार्च १३ सम्म विश्व रोटर्याक्ट सप्ताह हुने भएको छ। सन् १९६८ मा पहिलो रोटर्याक्ट क्लबको स्थापना भएको सम्झनामा हरेक वर्ष विश्वभरका रोटर्याक्टरहरू र रोटारियनहरूले यस विश्व रोटर्याक्ट सप्ताह मनाउँछन्।

यस सप्ताह समुदायमा रोटर्याक्टको महत्त्वक‍ो उत्सव रुपमा रहेको छ जसको रो। अनिष अधिकारी संयोजकको रुपमा र रो। कृष्टिना नेपाल कार्यकरी सचिवको रुपमा रहेको छ। सेवा, खेलकुद र मनोरञ्जन गरि तीन विधामा विभाजन गरेर यस सप्ताह आयोजना गरिने भएको छ। यसका साथसाथै पुरै वि।पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिष्ठित वि। पि को आवाज र रोटर्याक्ट नृत्य प्रतयोगिता पनि समापन समारोहमा आयोजना गरिने छ।

यस सँगसँगै वादविवाद तथा प्रश्नोत्तरी प्रतयोगिताका साथसाथै सामान्य स्वास्थ्य शिविर पनि यो सप्ताहको विशेषताको रुपमा रहेको छ। यसै बिच एक नयाँ विशेष क्षेत्र परियोजनाको स्थापना र महिला सशक्तिकरण कार्यक्रमहरु पनि गरिने छ। रोटा वृक्षारोपण र प्राथमिक उपचार प्रशिक्षण पनि यस सप्ताहमा सम्मेलित रहेको छ।यसरी भव्य रुपमा मार्च ७ देखि मार्च १३ सम्म विश्व रोटर्याक्ट सप्ताह आयोजना गरिदै छ।

तपाईको प्रतिक्रिया