गैंडाकोट । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको १७ औं दिक्षान्त समारोह सम्पन्न भएको छ । कलेज परिसरमा मंगलवार आयोजित समारोहमा कलेजका २३१ जना विद्यार्थीहरु दिक्षित भएका हुन । गतवर्ष कोरोना महामारिका कारण दिक्षान्त समारोह गर्न नसकिएकाले गत वर्ष र चालु वर्षको गरि दुवै सेमेस्टरका BBA, BCA, BE (सिमिल) र BE (इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स) का ग्य्राजुयट २३१ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।
समारोहलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका सह प्राध्यापक एवं विज्ञान तथा प्रविधि संकायका डिन राजेशकुमार ठगुराठीले पोखरा विश्वविद्यालयले देशको लागि आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादनमा विशिष्ट योगदान पुऱ्याएको बताउनुभयो । उहाँले विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थीहरु विश्वप्रख्यत विश्वविद्यालयहरुमा विशिष्टकृत शिक्षाका निम्ति योग्य भएको बताउनुभयो ।
समारोहमा पोखरा विश्वविद्यालयका सह प्राध्यापक एवं व्यवस्थापन संकायका डिन दयाराज ढकालले कलेजबाट दिक्षित भएका विद्यार्थीहरुको आजकै दिनदेखि अर्को एउटा जर्नीको सुरुवात भएको बताउनु भयो ।
वाग्मती उद्योग परिसंघका अध्यक्ष एवं व्यवसायी भेषराज दवाडीले अक्सफोर्ड कलेजका माध्यमबाट प्रा. ई. हरि भण्डारीले शिक्षा उद्योगबाट नेपालको पैसा बाहिर जानवाट रोक्नु भएको बताउनुभयो । व्यवस्थापन र कलेजले दिने गुणस्तरीय शिक्षाका कारण दर्जनौ अन्तराष्ट्रिय संस्थाहरुले सम्मान गरेको स्मरण गर्दै व्यवसायी दवाडीले नेपालमै रोजगारिका पर्याप्त अवसरहरु रहेको प्रा. ई. हरि भण्डारीले देखाई सक्नुभएकोले विद्यार्थीहरुले आफुमा क्षमता विकास गर्नुपर्ने तर अवसरका लागि अन्यत्र ध्यान केन्द्रीत गर्न नपर्ने बताउनुभयो । समारोह कलेजका प्रिन्सिपल प्रा.ई. हरि भण्डारीको अध्यक्षतामा भएको थियो ।




उज्यालो खबर




