चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र नारायणगढबाट मुग्लिनतर्फ जाँदा गरेको गइरहेको लु २ ख १७०१ नम्बरको ट्रिपर भरतपुर महानगरपालिका वडा नं। २९ मा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर १ निवासी ३६ वर्षिया निशा ढुङ्गाना र उनको ९ वर्षिय छोरा निमेश ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भ्यानका चालक ३५ वर्षिय राजकुमार ढुङ्गाना र मृतक निशाकी आमा राप्ती नगरपालिका वडा नम्बर ३ की ५८ वर्षिय धिरमायाँ ओली घाईते भएका छन् । ओलीको अवस्था गम्भीर रहेको र ढुङ्गानाको अवस्था मध्यम रहेको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ । घाईते दुबै जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । कार्यालयका अनुसार भ्यान, ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया