×

गैँडाकोट । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले नवलपरासी (पूर्व)को गैँडाकोटमा नगर वडा सम्वाद कार्यक्रम सुरु गरेको छ । गैँडाकोट नगरपालिका भित्रका १८ वटै वडामा पुगेर त्यहाँका कँग्रेसजनहरुको भावना, समस्या, गुनासा र सुझाव संकलन गर्ने उदेश्यले नगरसंवाद कार्यक्रमको सुरुवात गरिएको हो ।

नगरसभापति बद्री सापकोटाले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा घरघरमै पुुगेर कार्यकर्ताका सुुझाव, समस्या र भावनाहरु समेट्न नगर वडा संवाद कार्यक्रमको थालनी गरिएको बताउनुुभयो ।कार्यकर्ताहरुले दिएको सुझावलाई पार्टिले महत्वका साथ लिने भन्दै प्राप्त सुझावलाई जिल्ला केन्द्र र प्रदेशमा पठाउदै कार्यान्वयन गर्ने योजना रहेको उहाँको भनाई छ ।

नगर संवाद कार्यक्रम मार्फत काँग्रेसले जनप्रतिनिधि आएपछि नगरमा भएका विकास निर्माणका कामको समेत समिक्षा र मूूल्याकंन गर्ने योजना बनाएको छ ।फागुन १ गते वडा नं. १ बाट सुरु भएको कार्यक्रम फागुन १८ गते वडा नं. १८ मा पुगेर समापन हुने काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया