नवलपुर । दुम्कीवास बजारमा औषधि बिक्रि गर्ने पसलको अनुमती लिएर अस्पताल संचालन गर्दै आएका ३ वटा नक्कली असपतालमा जिल्ला प्रशासनले बिहिवार छापा मारेर शिल गरेको छ ।पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार तिन वटा फार्मेसी ( औषधि बिक्रि मात्र गर्ने ) पसलको अनुमती लिएर एक्सरे, प्रयोगाशाला र बिरामी भर्ना गर्ने बेड नै राखेर अस्पतालनै संचालन गरेको पाइएकाले बिहिवार शिल गरिएको हो ।

दुम्कीवासको मुख्य बजारमा संचालित आयूष फार्मेसी, दाउन्ने फार्मेसी र पर्वत होम केयरका नामवाट संचालित पसलमा औषधि बिक्रि गर्ने अनुमती लिएर धमाधम अस्पताल संचालन गरेका हुन । वर्षौ देखि बिना इजाजत अस्पताल संचालन गरेर कानून बिपरित काम गरेको पाइएकाले सबै पसल शिल गरिएको हो ।ति औषधि बिक्रिको अनुमती मात्र लिएका ३ वटा पसलले प्रयोगशाला, एक्सरे र बिरामी भर्ना गर्ने अनुमती लिएका छैनन । पसलमा औषधि बिक्रिगर्ने मान्छेको लाइसेन्स समेत नपाइएको हो । कसैसंग औषधि बेच्ने लाइसेन्स पनि छैन आफुखुशि चिकित्स्क बन्दै उपचार गर्दै गरेको पाइएको हो ।

घिमिरेका अनुसार तिन वटै पसलमा बिहिवार अनुगमन गर्दा लाइसेन्स प्राप्त औषधि बिक्रेता समेत भेटिएनन । चिकित्सक र प्रयोगशालामा काम गर्ने दक्ष जनशक्रि बिनानै फर्मेशिको अनुमती लिएर अस्पताल संचालन गरेको भेटिएको हो ।बिहिवार अनुगमनका क्रममा ति तिनवटै फार्मेसी पसलमा अनुमती प्राप्त औषधि बिक्रेता मान्छे ( फर्मेशिष्ट) समेत नभएको पाइएपछि शिल गरिएको घिमिरेले सुनाए । औषधि बिक्रि गर्ने लाइसेन्स समेत भएको मान्छे नै छैनन धमाधम अस्पताल नै संचालन गरेका छन । अस्पतालमा चिकित्स्क पनि छैनन ।

घिमिरेका अनुसार पर्वत होम केयरका नामवाट संचालित औषधि बिक्रेताले एक्सरे,प्रयोगशाला, बिरामी भर्ना गर्ने बेड राखेर अस्पतालनै संचालन गरेको छ । त्यहा ल्याबमा कामगर्ने प्राबिधिक र चिकित्सक छैनन । त्यसैगरि दाउन्ने फार्मेसीका नामवाट संचालित औषधि पसलमा पनि लाइसेन्स भएका औषधि बिक्रेता भेटिएनन । त्यसले पनि बिरामी भर्ना गर्ने बेड समेत राखेर चिकित्सक बिनानै प्रयोशाला खोलेर अस्पतालको सेवा दिइएको पाइएको हो । दाउन्नेले बिरामीको रगत,दिशा,पिसाब जांच गर्ने प्रयोगशाला नै संचालन गरेको छ । अनुमति र दक्ष प्राबिधिक जनशक्ति बिनानै घरकै मान्छे राखेर धमाधम अस्पताल संचालन गरेर प्रचलित कानूनको धज्जी उडाएकाले कारबाहिका लागि पसलनै शिल गरिएको प्रमुख जिल्ला अधिकारी बताउछन ।

अनुमती औषधी पसलको लिएर अस्पतालनै संचालन गरेकाले कानून अनुसार पसल शिल गरेर कारबहि अघि बढाइएको छ । तिन वटै नक्कली अस्पतालले प्रयोगशाला, एक्सरे मेशिन र बिरामी भर्ना गर्ने अनुमती लिएका छैनन । अस्पताल संचालनको अनुमती नलिएरै घरैका मान्छे चिकित्सक बन्दै ठग्दै गरेको भन्ने गुनासो पछि बिहिवार जिल्ला प्रशासनले अनुगमन गरेको हो ।यि तिन वटै पसल जिल्ला सदरमुकाम कावासोतीवाट ३० किलोमिटर पश्चिम बिनयी त्रिवेणी गाउपालिका वडा नम्बर १ को दुम्किवासमा संचालित छन । अधिकासं ग्रामिणभेगका सर्वासधारण उपचार गर्न आउने ति नक्कली अस्पताललाई कानूनि कारबाहि शुरु हुने भएको छ ।

नारायण शर्मा 

तपाईको प्रतिक्रिया