एमाले गैँडाकोटको नेतृत्व छनौट गर्न ३१८ जनाले भोट हाले, मतगणना सुरुहुँदै
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशन अन्र्तगत बिहिवार विहान साढे ८ वजेदेखि सुरु भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । दिउसो साढे १ वजेसम्म चलेको मतदानमा ३१८ जना प्रतिनिधीहरुले मतदान गरेको निर्वाचन समितिका संयोजक रमेश काफ्लेले जानकारी दिनुभयो । निर्वाचन समितिका भर्खरैदेखि मतगणना सुरु भएको छ ।
नयाँ नेतृत्वका लागि हालका नगर उपसचिव श्रीराम सुवेदी र युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेल चुनावी मैदानमा छन् ।राष्ट्रिय युवासंघ नवलपुरको अध्यक्षको रुपमा काम गरिस...


