नक्कली लाइसेन्स प्रकरण- उपसचिवसहित ५ जना पक्राउ
काठमाडौं- नक्कली लाइसेन्स प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले उपसचिव सहित पाँच जनालाई पक्राउ गरेको छ।यस प्रकरणमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको सिआइबी प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
वन मन्त्रालयमा कार्यररत उपसचिव केशव अर्याल पक्राउ परेका हुन्।उनीसँगै सिआइबीले पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार शाह र राजेश लम्साललाई पक्राउ गरेको हो।सिआइबीले नक्कली लाइसेन्स प्रकरणमा चरणचरणमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको छ।
यातायात व्यवस्था विभाग र ...


