×

नवलपुर विशेष

अत्याधिक गर्मी बढेपछि गैँडाकोटका सवै स्कुलहरुमा २ दिन विदा

अत्याधिक गर्मी बढेपछि गैँडाकोटका सवै स्कुलहरुमा २ दिन विदा
गैँडाकोट । दिन प्रतिदिन गर्मी बढेपछि गैँडाकोट नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । नगरपालिकाले मंगलबार र बुधबार २ दिन बिदा दिने निर्णय गरेको हो । गैँडाकोट नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका प्रमुख डाक्टर बालकृष्ण चापागाइले अत्याधिक गर्मी बढेपछि २ दिन नगरका सबै शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरिएको जानकारी दिनुभयो । विगत केहिदिन देखि नवलपुर र यस क्षेत्रको तापक्रम ह्वात्तै बढेको छ । गर्मीका कारण बालबालिकाहरु कुनै प्रकारको स्वास्थ्य समस्या आउ...

युवाहरुलाई निःशुल्क कपाल काट्ने तालिम गैँडाकोटमा सुरु

युवाहरुलाई निःशुल्क कपाल काट्ने तालिम गैँडाकोटमा सुरु
गैँडाकोट -  पूर्वी नवलपरासीको गैँडाकोटमा स्थानीय युवाहरुका लागि नि:शुल्क कपाल काट्ने तालिम सोमबारदेखि सुरु भएको छ । गैँडाकोट नगरपालिकाको आयोजनामा सुरु भएको तालिममा नगरका विभिन्न वडाका ५० जना युवाहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै गैँडाकोटका नगरपालिका मेयर मदनभक्त अधिकारीले सीप सिकेपछि प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकाले युवाहरुको लागि भन्दै नि:शुल्क कपाल काट्ने तालिम आयोजना गरेको भन्दै उहाँले दत्तचित्त भएर तालिममा सहभागि हुन आग्रह गर्नुभयो । ३५ दिने त...

एमाले गैँडाकोटको अधिवेशन – कसले के मा दिए उमेदवारी ?

एमाले गैँडाकोटको अधिवेशन – कसले के मा दिए उमेदवारी ?
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटीको दोस्रो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन कार्यक्रम अन्तर्गत अध्यक्ष सहितका विभिन्न पदमा तोकिएको संख्याभन्दा बढि उमेदवारी दर्ता भएको छ । निर्वाचन समितिका संयोजक रमेश काफ्लेका अनुसार एक अध्यक्षका लागि ४ जना एक उपाध्यक्षका लागि ३ जना १ सचिवका लागि २ जना २ उपसचिवका लागि ६ जनाको उमेदवारी दर्ता भएको छ । अध्यक्ष- जगन्नाथ पौडेल , कृष्ण कंडेल, श्रीराम सुवेदी र यदुप्रसाद न्यूरे उपाध्यक्ष- गोविन्द सुवेदी, सरस्वती उपाध्याय र विष्णु प्रसाद स...

एमाले गैँडाकोटको नगरअधिवेशन शुक्रबार हुँदै

एमाले गैँडाकोटको नगरअधिवेशन शुक्रबार हुँदै
 गैँडाकोट । नेकपा एमाले गैँडाकोट गैँडाकोटको भोलि हुने दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनको एक समारोहका विच पार्टी पोलिटव्यूरो सदस्य तथा नवलपुर ईन्चार्ज मना केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गैँडाकोट ४ को द फेम्ली क्याफेमा हुने अधिवेशन मार्फत आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेे कार्यक्रम रहेको एमाले गैँडाकोटले जनाएको छ । नेकपा एमालेको नगर कमिटि ७५ सदस्यीय रहने विधानमा व्यवस्था छ । एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिव सहित अन्य सदस्यहरु ...

अक्सफोर्ड स्कूलद्धारा समूदायमा डस्टबिन वितरण

अक्सफोर्ड स्कूलद्धारा समूदायमा डस्टबिन वितरण
गैँडाकोट । गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कूलले “समाजसँग अक्सफोर्ड” कार्यक्रम गरेर ५२ औं विश्व वातावरण दिवश मनाएको छ ।बुधबार “समाजसँग अक्सफोर्ड” कार्यक्रम अन्तर्गत विद्यालयले सचेतना ¥याली र डस्टबिन वितरण गरेको हो । विद्यालयले धौलागिरी टोल विकास संस्थालाई ५ वटा डस्टविन  वितरण गरेको विद्यालयका शिक्षक नारायण सिग्देलले जानकारी दिनुभयो । त्यस्तै विद्यार्थीले वातावरण संरक्षणको विषयमा विभिन्न प्ले कार्ड सहित विद्यालयबाट शिलान्यास चोक हुँदै मौलाकालिका मार्ग, धौलागिरी टोल, ...

नवलपुरमा रुखले च्यापेर एक पुरुषको मृत्यु

नवलपुरमा रुखले च्यापेर एक पुरुषको मृत्यु
गैँडाकोट । नवलपुरमा रुखले च्यापेर एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. १२ ज्वाइथर घर भएका ६९ वर्षका चित्र बहादुर चिडी मगरको रुखले च्यापेर आज विहान ज्यान गएको छ । विहान ८ः३० वजे स्थानीय ठुलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका मगरको हावाहुरी पश्चात ढलेको सालको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत भारतीविरुद्ध भ्रस्टाचार अभियोगमा मुद्दा दायर

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत भारतीविरुद्ध भ्रस्टाचार अभियोगमा मुद्दा दायर
  भरतपुर- भरतपुर महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीविरुद्ध भ्रस्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीसहित ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र अन्य १२ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको अभियोगमा मेयर महर्जन, ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद...

होमवर्क नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

होमवर्क नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौं । होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुका शिक्षक सुदिप अधिकारी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको छ । उनले कक्षा ५ मा अध्ययनरत ९ वर्षीय एक विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटपिट गरेको आरोप लागेको छ । कास्कीको रुपा गाउँपालिका–६ घर भएका शिक्षक अधिकारीविरुद्ध बालबालिका सम्...

एमाले गैँडाकोटको अधिवेशनको तयारी तीव्र , प्रतिनिधी छनौट सकियो

एमाले गैँडाकोटको अधिवेशनको तयारी तीव्र , प्रतिनिधी छनौट सकियो
गैँडाकोट – नेकपा (एमाले) गैँडाकोट नगर कमिटिको दोस्रो नगर अधिवेशनका लागि नगरका सबै वडाहरुबाट प्रतिनिधी छनौट गरिएको छ । नेकपा एमाले गैँडाकोटका अनुसार जेष्ठ २५ गते हुने दोस्रो नगर अधिवेशनका लागि नगरका १८ वटै वडाहरुबाट सर्वसम्मत रुपमा ३४० जना प्रतिनिधी छनौट गरिएको छ । यहि २५ गते हुने दोस्रो नगर अधिवेशनमा सर्वसम्मत रुपमा चुनिएका प्रतिनिधीहरुले नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा भोट हाल्नेछन् । नेकपा (एमाले) गैँडाकोटको नयाँ नेतृत्वका लागि विभिन्न उमेदबारहरुको नाम बाहिर आएप...