×

 गैँडाकोट । नेकपा एमाले गैँडाकोट गैँडाकोटको भोलि हुने दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनको एक समारोहका विच पार्टी पोलिटव्यूरो सदस्य तथा नवलपुर ईन्चार्ज मना केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गैँडाकोट ४ को द फेम्ली क्याफेमा हुने अधिवेशन मार्फत आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेे कार्यक्रम रहेको एमाले गैँडाकोटले जनाएको छ । नेकपा एमालेको नगर कमिटि ७५ सदस्यीय रहने विधानमा व्यवस्था छ । एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिव सहित अन्य सदस्यहरु रहनेछन् ।

एमाले गैँडाकोटको अध्यक्षका लागि हालका सचिव जगन्नाथ पौडेल, उपसचिव श्रीराम सुवेदी र युवासंघका नवलपुर जिल्ला अध्यक्ष कृष्ण कंडेलले चाहना राखेका छन् । उपाध्यक्षमा गोविन्द सुवेदी सचिवमा राजु भूसाल र उपसचिवमा नरेश थापा र गोमा पौडेलको नाम चार्चामा छ ।

तपाईको प्रतिक्रिया