×

गैँडाकोट – नेकपा (एमाले) गैँडाकोट नगर कमिटिको दोस्रो नगर अधिवेशनका लागि नगरका सबै वडाहरुबाट प्रतिनिधी छनौट गरिएको छ । नेकपा एमाले गैँडाकोटका अनुसार जेष्ठ २५ गते हुने दोस्रो नगर अधिवेशनका लागि नगरका १८ वटै वडाहरुबाट सर्वसम्मत रुपमा ३४० जना प्रतिनिधी छनौट गरिएको छ ।

यहि २५ गते हुने दोस्रो नगर अधिवेशनमा सर्वसम्मत रुपमा चुनिएका प्रतिनिधीहरुले नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा भोट हाल्नेछन् ।
नेकपा (एमाले) गैँडाकोटको नयाँ नेतृत्वका लागि विभिन्न उमेदबारहरुको नाम बाहिर आएपनि युवानेता कृष्ण कंडेल र पार्टी नगरकमिटिका सहसचिव श्रीराम सुवेदी विच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया