गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशन अन्तर्गत बिहिवार विहान ८ वजेदेखि मतदान प्रकृया सुरुहुने भएको छ । विहान ८ वजेदेखि दिउसो १ वजेसम्म फेम्ली क्याफेको सभाहलमा मतदान चल्ने निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमाले गैँडाकोटको नेतृत्वका लागि अध्यक्ष पदमा कृष्ण कंडेल र श्रीराम सुवेदी विच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका दुई उमेदवारहरु जगन्ननाथ पौडेल र यदुप्रसाद न्यूरेले आज आफ्नो उमेदवारी फिर्ता लिएपछि कंडेल र सुवेदी विच चुनावी प्रतिष्पर्धा हुन लागेको हो ।
युवासंघका जिल्ला अध्यक्ष समेत रहेका युवा नेता कंडेललाई समर्थन गर्दै अध्यक्ष पदका बलिया प्रत्यासी जगन्न्नाथ पौडेलले उनलाई सर्मथन गर्ने घोषणा गरेका छन् ।पौडेलको समर्थन कंडेललाई भएसँगै अध्यक्ष पदका उमेदवार कृष्ण कंडेलको पक्षमा माहोल बढेको अनुमान गरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा उपाध्यक्ष पदमा गोविन्द प्रसाद सुवेदी र सरस्वती उपाध्याय सचिवमा भूमिश्वर भूसाल भूसाल (राजु) र कमल बहादुर पाठक विच प्रतिष्पर्धा हुने भएको छ । उपसचिव पदमा गोमा पौडेल सविता सापकोटा र नरबहादुर थापाको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्य पदका लागि लक्ष्मी कमली,विमल आचार्य,प्रेम कुमार शर्मा ,देशवन्धु सिग्देल, सुभद्रा आचार्य, पार्वती पोखरेल, प्रकाश भुषाल, गुरुदत्त पौडेल र योगमाया अधिकारीले उमेदवारी दिएका छन् ।
जेठ २५ गते नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशनको उदघाटन गरिएको थियो । सहमतिको लागि भन्दै नेताहरुले १० दिन बढी समय खर्च गरेपनि निकास निकाल्न असफल भएपछि नेतृत्व चयन भोटिङ मार्फत गरिन लागेको हो ।



उज्यालो खबर




