×

गैँडाकोट । श्रीनगर टोल विकास संस्था गैँडाकोटको आयोजनामा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ ।संस्थाको आयोजनामा गैँडाकोट नगरपालिका २, को श्रीनगर टोल विकास संस्थाका सदस्य, महिला समूहका सदस्य तथा बाल क्लबका सदस्यहरुका लागि तालिम सञ्चालन गरिएको हो ।

आज सोमबारदेखि सुरु भएको तालिमको उद्घाटन गैँडाकोट नगरपालिकाकी नगरउपप्रमुख शान्तीदेवी कोइरालाले गरेकि थिइन् ।उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख कोइरालाले हरेक व्यक्तिलाई व्यक्तित्व विकासको जरुरत हुने भन्दै घरैदेखि नेतृत्व विकासको थालनी गर्ने बताइन् । उनले गैँडाकोट नगरपालिका स्थानीय समुदायको नेतृत्व तथा सीप विकासका लागि सँधै तयार रहेको बताएकी थिइन् ।

संस्थाका अध्यक्ष अच्यूतराज नेपालको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । पाँच दिनसम्म चल्ने तालिमको पहिलो दिनको सहजकर्ता पत्रकार प्रतिमा सिलवाल रहेको संस्थाकी सचिव अनिता शर्माले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया