×

गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशनको निर्वाचन प्रकृया मंगलबारदेखि सुरु भएको छ । सहमतिका लागि नेताहरुका विचमा भएका छलफल र बार्ताले कुनै निश्र्कष निकाल्न नसकेपछि नेतृत्व चयन प्रकृया मतदान मार्फत गरिन लागेको हो ।
निर्वाचन समितिका संयोजक रमेश काफ्लेले विहिवार विहान ८ वजेदेखि दिउसो १ वजेसम्म गैँडाकोट नगरपालिका वडा नं. ४ मा रहेको फेम्ली क्याफेको सभाहलमा मतदान कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

नेकपा एमाले गैँडाकोट नगर कमिटिको अध्यक्ष पदका लागि चारजनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदका लागि युवासंघका जिल्ला अध्यक्ष समेत रहेका युवानेता कृष्ण कंडेल, एमाले गैँडाकोटका सचिव जगन्नाथ पौडेल, उपसचिव श्रीराम सुवेदी र यदुप्रसाद न्यूरेले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन मण्डलले जनाएको छ ।

त्यसैगरी उपाध्यक्ष पदमा गोविन्द प्रसाद सुवेदी,सरस्वती उपाध्याय र विष्णुप्रसाद सापकोटाले ले उमेदवारी दिएका छन् । सचिव पदमा भूमिश्वर भूसाल  (राजु) र कमल बहादुर पाठकले उम्मेदवारी दिएका छन् । उपसचिव पदमा गोमा पौडेल, सविता सापकोटा र नरबहादुर थापाको उम्मेदवारी परेको छ । त्यसैगरी लेखा आयोगको अध्यक्षमा श्रीहरि चालिसे, सिजन पराजुली र भोजेन्द्र पौडेलको उम्मेदवारी परेको छ ।खुल्ला सदस्य पदका लागि जनक पौडेल, लक्ष्मी कमली,विमल आचार्य,प्रेम कुमार शर्मा (पराजुली),नेत्र प्रसाद अधिकारी,देशवन्धु सिग्देल र रमेश ढकालले उम्मेदवारी दिएका छन् ।

जेठ २५ गते नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशनको उदघाटन गरिएको थियो । सहमतिको लागि भन्दै नेताहरुले १० दिन बढी समय खर्च गरेपनि निकास निकाल्न असफल भएपछि नेतृत्व चयन भोटिङ मार्फत गरिन लागेको हो ।

तपाईको प्रतिक्रिया