अवको केहिदिनमा कोरोना परिक्षण नवलपुरमै हुने
गैँडाकोट । कोरोना संक्रमणको परिक्षणलाई सहज बनाउन गण्डकी प्रदेश सरकारले पूर्वि नवलपरासीमा पिसिआर परिक्षण ल्याव स्थापना गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र बागलुङको धौलागिरी जिल्ला अस्पतालमा ४ करोडको लगानीमा पिसिआर ल्याब स्थापनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बाग्लुङको धौलागिरी जिल्ला अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने तयारी प्रदेश सरकारको छ ।
पूर्वि नवलपरासी क्षेत्र नं. २ का सा...


