
गैँडाकोट । कोरोना संक्रमणको परिक्षणलाई सहज बनाउन गण्डकी प्रदेश सरकारले पूर्वि नवलपरासीमा पिसिआर परिक्षण ल्याव स्थापना गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र बागलुङको धौलागिरी जिल्ला अस्पतालमा ४ करोडको लगानीमा पिसिआर ल्याब स्थापनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बाग्लुङको धौलागिरी जिल्ला अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने तयारी प्रदेश सरकारको छ ।
पूर्वि नवलपरासी क्षेत्र नं. २ का सांसद तिलक बहादुर महतले संघीय र सरकार र प्रदेश सरकारले आवश्यकता महसुस गरि नवलपुरमा पिसिआर ल्याव परिक्षण स्थापना गर्न लागेको उज्यालो खबरलाई बताउनुु भयो । म आफै नवलपुरमा पिसिआर ल्याव स्थापना गर्न पर्छ भनेर पटक पटक मुख्य मन्त्रीसँग डेलिगेसन गएको छुु नेता महतले भन्नुभयो : ”सबैको कुरा सुुनेर आवश्यकता बोध भएर राज्यले ल्याव स्थापना गर्ने भएको छ यो हामि सबैको लागी खुसीको कुरा हो” ।
नेता महतका अनुसार जिल्ला अस्पतालको स्तरोन्नती र क्षमता बद्धिका लागी चाडैनै काम थालनी हुनेछ । यस अघि जिल्लामा पिसिआर ल्याव स्थापनाको माग गर्दै विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेश सासंद र विपक्षी नेपाली काग्रेसका नेताहरुले मुख्यमन्त्रीसँग भेटघाट गरेका थिए । जिल्लामै पिसिआर परिक्षण ल्याव स्थापना हुने खबरले नवलपुरवासी हर्षित भएका छन ।