नवलपुर । पूूर्वि नवलपरासीको देवचुली नगरपालिकाका सम्भावित जोखिममा रहेका ७२ जनाले पीसीआर परिक्षण मानेका छैनन । कन्ट्याक ट्रेसिङको आधारमा पीसीआर परिक्षण गर्नुपर्ने सूचीमा रहेका ७२ जनाले स्वाब दिलन नमानेका हुन । देवचुली नगरपालिकाको विभिन्न वडाका संक्रमित परिवारकै सदस्यले पीसीआर परिक्षण गर्न नमानेको स्वास्थ्य शाखा देवचुली नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य शाखा स्रोतका अनुसार कोरोना परिक्षण देखिने डरले उनिहरुले स्वाब दिन नमानेका हुन । देवचुली नगरपालिकाको ६, ८ र ९ नम्बर वडाका संक्रमित परिवारकै ६६ जना र वडा नम्बर ११ का ६ ब्यक्तिले स्वाब परिक्षण गर्न मानेका छैनन । परिक्षणको दायमा आउनुपर्ने र सुरक्षित रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने ब्यक्तिहरु नै परिक्षण नगरि समुदायका अन्य ब्यक्तिसँग सम्पर्कमा रहदा थप संक्रमण बढ्ने अवस्था देखिएको छ ।