×

नवलपुर विशेष

कावासोतीमा १६ बर्षिया बालिका बलात्कृत, २ जना प्रहरीको नियन्त्रणमा

कावासोतीमा १६ बर्षिया बालिका बलात्कृत, २ जना प्रहरीको नियन्त्रणमा
गैँडाकोट । पूर्वि नवलपरासीमा दाजुले आफ्नै बहिनीलाई जबरजस्ती बलात्कार गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की १६ बर्षिया बालिका बलात्कृत भएकी छिन । कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गएको बेला २६ बर्षीय एक युवकले बलात्कार गरेका हुन । नवलपुर प्रहरीका अनुसार दिदीको घर सुत्न जाँदै गर्दा बीच बाटोमा नै ति युवकले बालिकालाई जवरजस्ती बलात्कार गरेका थिए । प्रहरीले बालिकालाई बलात्कार गर्ने युवक र उनका सहयोगीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । प्रहरील...

नारायणीमा गोहीले आक्रमण गर्दा एकजना गम्भिर घाईते

नारायणीमा गोहीले आक्रमण गर्दा एकजना गम्भिर घाईते
गैँडाकोट । नारायणी नदीमा गोहीले आक्रमण गर्दा एकजना गम्भिर घाईते भएका छन । पूर्वि नवलपरासीको मध्यविन्दु ६का २८ वर्षका लालबहादुर बोटे गोहीको आक्रमणबाट घाईते भएका हुन । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीका डिएसपी मोहन बहादुर खाँणले नारायणी नदीमा माछा मार्ने क्रममा बोटेलाई गोहीले आक्रमण गरेको  जानकारी दिनुभयो । गम्भिर अवस्थाका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको प्रहरीले जनाएको छ । नदी किनारका बोटेहरु दैनिक गुजारा चलाउन माछा मार्ने क्रममा यस्ता दुर्घटनामा...

नारायणी नदीमा एक पुरुषको शव भेटियो

नारायणी नदीमा एक पुरुषको शव भेटियो
गैँडाकोट । नारायणी नदीमा एकजना पुरुषको वेवारिशे शव फेला परेको छ । पूर्वि नवलपरासीको कावासोती नगरपालिका वडा नं. १२ पिठौली नजिकै नारायणी नदीमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ । नाम ठेगना पहिचान नभएको अन्दाजी ३०/ ३५ वर्षका पुरुषको शव फेला परेको डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले शवको घटनास्थल मुचुल्का सम्पन्न गरि परीक्षणको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा मा राखिएको जनाएको छ ।

गैडाकोटमा दाजुले गरे आफ्नै बहिनीलाई बलात्कार

गैडाकोटमा दाजुले गरे आफ्नै बहिनीलाई बलात्कार
गैडाकोट । नवलपरासी वर्दघाट सुस्तापूर्वको गैडाकोटमा दाजुले आफ्नै वहिनीलाई बलात्कार गरेका छन् । घरमा कोही नभएको समय ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । । बलात्कार पछि अत्यधिक रक्तश्राव भएर अस्पताल लगेर जाँच पछि चिकित्सकले घटना भएर रक्तश्राव भएको बताएपछि प्रहरीले १४ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको र बालिकाको अवस्था मध्यम रहेको गैंडाकोट प्रहरीले जान...

दुई राप्रपा विच एकीकरण पश्चात नवलपुर जिल्ला अध्यक्ष दल बहादुर केसी चयन

दुई राप्रपा विच एकीकरण पश्चात नवलपुर जिल्ला अध्यक्ष दल बहादुर केसी चयन
नवलपुर । राष्ट्रिय प्रजातन्त्त पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त विच एकीकरणसंगै जिल्ला तहमा समेत नेतृत्व पद विभाजन भएको  कार्य समिति चयन गरेका छन् । समितिको प्रमुख सल्लाहकार दाताराम पाण्डे, सल्लाहकार लोकनाथ लामिछाने, उपाध्यक्षहरुमा चन्द्र दत्त जैसी, वुद्वि सापकोटा, रामनाथ उप्रेती, धन बहादुर विक, टोप बहादुर सेन, टेकहरी पौडेल, मिना भट्टराई, लालमाया बुढाथोकी,  सचिव लाल प्रसाद बराल, गुणाखर काफ्ले, कोषाध्यक्षहरुमा केशव चौलागाई, राजकुमार श्रेष्ठ,  दयाराम गहतरात, प्रवक...

कावासोतीकी कोरोना संक्रमित वृद्धाको भरतपुरमा मृत्यु

कावासोतीकी कोरोना संक्रमित वृद्धाको भरतपुरमा मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ५ कि ७७ वर्षिया बृद्धाको मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियार र स्वासप्रस्वास समस्या भई यहि असोज १६ गते अस्पतालमा भर्ना भएकी उनको आज विहान ३ः४५ वजे मृत्यु भएको हो । उनलाई उपचारका क्रममा यहि असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी...

कावासोतीमा आईसल्याण्ड होटलको हात्तीको आक्रमणबाट माउतेको मृत्यु

कावासोतीमा आईसल्याण्ड होटलको  हात्तीको आक्रमणबाट माउतेको मृत्यु
गैँडाकोट । पूूर्वि नवलपरासीको कावासोतीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. १२ मा रहेको आईसल्याण्ड होटलको हात्तीले आक्रमण गर्दा सोही हात्तीका माउते ५६ वर्षीय लोकबहादुर खजुवारको ज्यान गएको प्रहरीले जनाएको छ । रिसोर्टको सो हात्तीलाई पानी खुवाउन लैजाने क्रममा माउते खजुवारलाई रिर्सोट परिसर भित्रै हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पूूर्वि नवलपरासीका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट गम्भिर घाईते भएका माउत...

घरको छतबाट खसेर गैँडाकोटमा एकजनाको मृत्यु

घरको छतबाट खसेर गैँडाकोटमा एकजनाको मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा अमलेखगञ्ज नगरपालिका वडा नं. ५ घर भई हाल गैडाकोट १ डेरा गरी बस्ने बर्ष  २८ का आदर्श ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ स्थित दुर्गादत्त गौतमको तीनतले घरमा ट्रस्टको काम गर्ने क्रममा ठाकुर अचानक घरको पील्लर सँगै भुईमा खसेका थिए । छतबाट खसेर गम्भिर घाईते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाए...

कावासोतीमा कान काटेर महिलाको गहना लुटियो

कावासोतीमा कान काटेर महिलाको गहना लुटियो
  कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार विहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ । कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेललाई दुई जना लुटेराले गहना लेटेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले घटनाको पुष्टि गर्दै लुटेराको जंगलदेखि सडक सबैतर्फ खोजी भएको बताए । पीडित महिलाका श्रीमान ...