×

चितवन ।

चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ५ कि ७७ वर्षिया बृद्धाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

निमोनियार र स्वासप्रस्वास समस्या भई यहि असोज १६ गते अस्पतालमा भर्ना भएकी उनको आज विहान ३ः४५ वजे मृत्यु भएको हो । उनलाई उपचारका क्रममा यहि असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया