गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा अमलेखगञ्ज नगरपालिका वडा नं. ५ घर भई हाल गैडाकोट १ डेरा गरी बस्ने बर्ष  २८ का आदर्श ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. २ स्थित दुर्गादत्त गौतमको तीनतले घरमा ट्रस्टको काम गर्ने क्रममा ठाकुर अचानक घरको पील्लर सँगै भुईमा खसेका थिए । छतबाट खसेर गम्भिर घाईते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनबारे अनुसन्धान भैरेहको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया