Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । नारायणी नदीमा एकजना पुरुषको वेवारिशे शव फेला परेको छ । पूर्वि नवलपरासीको कावासोती नगरपालिका वडा नं. १२ पिठौली नजिकै नारायणी नदीमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।
नाम ठेगना पहिचान नभएको अन्दाजी ३०/ ३५ वर्षका पुरुषको शव फेला परेको डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले शवको घटनास्थल मुचुल्का सम्पन्न गरि परीक्षणको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा मा राखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया