Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीमा दाजुले आफ्नै बहिनीलाई जबरजस्ती बलात्कार गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की १६ बर्षिया बालिका बलात्कृत भएकी छिन । कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गएको बेला २६ बर्षीय एक युवकले बलात्कार गरेका हुन ।

नवलपुर प्रहरीका अनुसार दिदीको घर सुत्न जाँदै गर्दा बीच बाटोमा नै ति युवकले बालिकालाई जवरजस्ती बलात्कार गरेका थिए । प्रहरीले बालिकालाई बलात्कार गर्ने युवक र उनका सहयोगीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । प्रहरीले दुवैजना विरुद्ध मुद्धा चलाउने तयारी गरेको छ ।

उनीहरुले बालिकालाई बाटोदेखि केही पर खेतमा लगेर बलात्कार गरेको नवलपुर प्रहरीले जनाएको छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको नवलपुर प्रहरीले जनाएको छ ।

केही दिन अघि गैडाकोटमा ७ बर्षीया बालिकालाई आफ्नै १४ बर्षीया दाजुले घर कोही नभएको मौका छोपी बलात्कार गरेको घटना बाहिर आएको थियो ।

तपाईको प्रतिक्रिया