नवलपुरबाट निर्वाचित कांग्रेसका महामन्त्री शशांकले ‘दसैं खर्च’ भन्दै पत्रकारलाई पैसा बाँडे
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा हजारका नोटहरु हालेर ‘शशांक दाइले पठाउनुभएको’ भन्दै बाँड्दै हिँडेका हुन् ।
मंगलबार दिउँसो एक पत्रकारलाई तिवारीको फोन आयो । उनले पत्रकारलाई भेट्न बोलाए । कोरोनाको जोखिमका कारण बाहिर भेटघाट बन्द गरेको बताएपछि तिवारीले ‘दाइले केही सामान पठाउनुभएको छ, कसैलाई पठाइदिए हुन्छ’ भने । र, कार्यालय नजिकै आए...


