Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन।  चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट नवलपरासी देवचुली वडा नम्बर ११ की ७५ वर्षीय एक महिलाको आज दिउँसो निधन भएको छ ।

मेडिकल कलेजले प्रेषित गरेको विज्ञप्तिमा श्वासप्रश्वासमा समस्या भएर घाँटी दुख्ने र ज्वरो आउने भएपछि उहाँ असोज २७ गते अस्पताल भर्ना हुनुभएको थियो । असोज ३० गते कोरोना पुष्टि भएपछि मृतक महिलालाई आईसीयूमा राखेर उपचार गरिएकोमा आज निधन भएको अस्पताले विज्ञप्तिमा जनाएको छ ।

तपाईको प्रतिक्रिया