गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. १३ बेल्डिहा का एक बालक हिजोदेखि हराएका छन । गैँडाकोट नगरपालिका वडा नं. १३ का १५ वर्षीय विन्देश ढकाल हिजो दिउसोदेखि परिवारको सम्पर्क बाहिर रहेको विन्देशका काका बासुदेव ढकालले जानकारी दिनुभयो ।
अम्मर ईग्लिस बोडिङ स्कुल अमरापुरीमा कक्षा १० मा अध्ययनरत विन्देश हिजो दिउसो २ वजेदेखि सम्पर्क बाहिर रहेका हुन । हिजोदेखी नै परिवारले विभिन्न समुह बनाएर खोजीकार्य गरेको भए उनि कहाँ छन भन्नेबारेमा केहि पत्ता लाग्न सकेको छैन । परिवारको कान्छो छोरा हराएपछि ढकाल परिवार चिन्तामा परेको छ ।
उनलाई कहिकतै देख्नु हुने तथा भेट्ने महानुभाबहरुले नजिकैको प्रहरी कार्यालय अथवा मोवाईल नं. ९८४५३३३७८१, ९८४५५६७६९४ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।