Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । लागुऔषध सहित पूर्वि नवलपरासीको कावासोतीमा एकजना पक्राउ परेका छन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ का २४ वर्षीय राजिन वि.क पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीका अनुसार कावासोती नगरपालिका वडा नं. १६ चालिसकिलो भन्ने स्थानबाट उनलाई प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो । डिएसपी मोहन बहादुर खाँडका अनुसार लु १ ख ८०७१ नं. को बसलाई चेकजाँच गर्ने क्रममा लागु औषध सहित वि.क पक्राउ परेका हुन ।
उनको साथबाट डाईजापाम २० एम्पुल,IPPL २० एम्पुल,फेनारगन २० एम्पुल,ONEREX 100 Ml को ३२ बोतल र नाईट्रोभेट १० लेखिएको ३० ट्याबलेट फेला परेको छ । उनि माथी लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया