नवलपुर । परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेर शव गाड्ने श्रीमती सहित पुरुष पुर्पपक्षका लागि जेल चलान भएका छन् । जेल चलान हुनेमा हत्या गरिएका नवलपुर जिल्ला गैंडाकोट १८ हुर्चिलका ४२ वर्षीय धन बहादुर सुगुरपाककी श्रीमती फुल माया सुगुरपाक मगर र मेख वहादुर सुनारीमगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
मेखबहादुरसँग मिलेर श्रीमती फुलमायाले गत वर्षको असार २० गते राति १२ बजेतिर दुई जनाले धनवहादुरको हत्या गरेर शव जंगलमा लगेर गाडेका थिए । हत्या गरेर हराएको भनी धेरै ढिला गरी प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय गैंडाकोटले श्रीमतीलाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको थियो । इलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाको विशेष सक्रियतामा श्रीमतीको संलग्नतामा हत्या गरी शव गाडेको अनुसन्धानका क्रममा पत्ता लगाउन सफल भएको थियो । उनीहरु भदौ २९ गते पक्राउ परेका थिए ।
सम्पुर्ण अनुसन्धान कार्य पुरा गरी अभियोग पत्र साथ नवलपुर जिल्ला अदालत कावासोतीमा पेश हूँदा असोज २५ गतेको आदेशले दुवै प्रतिवादीहरु पुर्पक्षको लागी कारागार कार्यालय , परासीमा राख्ने आदेश भएकोमा दुवै जनालाई कारागार कार्यालय परासी पठाईएको सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।