×

नवलपुर विशेष

अवैध सम्वन्धबाट बच्चा जन्माई जंगलमा शिशुको शव फाल्ने महिला र पुरुष नवलपुरमा पक्राउ

अवैध सम्वन्धबाट बच्चा जन्माई जंगलमा शिशुको शव फाल्ने  महिला र पुरुष नवलपुरमा  पक्राउ
गैँडाकोट । अवैध सम्वन्धबाट जन्मेको अन्दाजी ९ महिने शिशुको हत्या गरि जंगलमा शव फालेका पुरुष र महिलालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीको विशेष अपरेशन टिमले जिल्लाको हुप्सेकोट गाँउपालिका वडा नं. ४ का ३९ वर्षीया पुनिसरा गाहा र सोहि स्थानका वर्ष ४२ का टक बहादुर घर्ती मगरलाई पक्राउ गरेको हो । गत कार्तिक ४ गते उनिहरुले हुप्सेकोट गा.पा. वडा नं. ४ शिक्षा बोधनी स्कुलटोलको चुवा खोल्सा जंगलमा नाभि नकाटेको साल नाल सहितको अन्दाजी ९ महिनाको (छोरा)...

शिक्षण संस्थाहरुमा पठनपाठन संचालन नगर्न गैँडाकोट नगरपालिकाको आग्रह

शिक्षण संस्थाहरुमा पठनपाठन संचालन नगर्न गैँडाकोट नगरपालिकाको आग्रह
गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिकाले नगरभित्रका सबै शिक्षण संस्थाहरुमा पठनपाठन  बन्द गर्न निर्देशन दिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै शिक्षण संस्थाहरुमा प्रत्यक्ष रुपमा विद्यार्थी सम्पर्क हुनेगरी मुखामुख विधिबाट पठनपाठन हुने कार्यमा रोक लगाउने निर्णय गरेको हो । पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायमा तिब्र रुपमा फैलिइरहेकोले यसको नियन्त्रण तथा रोकथामका लागि शिक्षण संस्थाहरु संचालनमा रोक लगाउने निर्णय भएको नगरपालि...

कोरोना संक्रमणबारे समयमै समाचार लेख्न पत्रकारहरुलाई सकस

कोरोना संक्रमणबारे समयमै समाचार लेख्न पत्रकारहरुलाई सकस
नवलपुर । कोरोना भाईरस (कोभिड १९) बारे समाचार संकलनका क्रममा नवलपुरमा पत्रकारहरुले सास्ती खेप्नु परेको छ । जिल्लामा कति संक्रमित भए कति निको भए भन्ने सही तथ्याकं सही समयमा उपलव्ध हुन नसक्दा संक्रमितको तथ्याकंमा समेत घटबढ हुने देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीले पत्रकारहरुका लागी ग्रुप च्याटमा संक्रमित र मृत्यु भएकाहरुको सूचना दिने गरेपनि त्यो पर्याप्त हुन सकेको छैन । कार्यालयका प्रमुख केशव चापागाँईले पत्रकारहरुलाई थप भएका संक्रमित र मृत्युु भएकाहरुको बा...

अध्यक्षलाई कोरोना पुष्टि भएपछि हुप्सेकोट गाउँपालिका कार्यालय ५ दिनका लागि बन्द

अध्यक्षलाई कोरोना पुष्टि भएपछि हुप्सेकोट गाउँपालिका कार्यालय ५ दिनका लागि बन्द
कावासोती । पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवि पाण्डे सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाका अनुसार गत कार्तिक १३ गते ४९ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाईएकोमा अध्यक्ष पाण्डे सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुने अन्यमा गाउँपालिकाका ४ जना कर्मचारी ,१ जना शिक्षक, १ जना प्रहरी र १ जना स्थानिय किशोरी रहेको स्वास्थ्य शाखा...

पूर्वी नवलपरासीमा आज थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पूर्वी नवलपरासीमा आज थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
नवलपुर  । पूर्वी नवलपरासीमा आज थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईको अनुसार जिल्लाको हुप्सेकोट गाउँपालिकामा ८ जना , देवचुली नगरपालिकाका ४ जना , कावासोती नगरपालिका र बुलिङटार गाउँपालिका का एक एक जना गरी १४ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमितलाई होम आइसोलेसन मा राखिएको पनि चापागाईले बताउनुभयो । हुप्सेकोट गाउँपालिका मा भने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद सापकोटा सहित लाई कोरोना पुष्टि भएको ह...

कोरोना संक्रमणका कारण गैँडाकोट र कावासोतीमा २ जनाको मृत्यु

कोरोना संक्रमणका कारण गैँडाकोट र कावासोतीमा  २ जनाको मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना भाईरस (कोभिड १९) का कारण आज २ जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षिया महिला र कावासोती नगरपालिका वडा नं. ६का ६७ वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीले जनाएको छ । कार्यालयका प्रमुख केशव चापागाँईका अनुसार कोरोना संक्रमित उनिहरु घरमै आईसोलेसनमा बसेका थिए । उनिहरुको दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसँस्कार गर्ने तयारी रहेको बताइएको...

गैडाकोटका कोरोना संक्रमित पुरूषको भरतपुरमा मृत्यु

गैडाकोटका कोरोना संक्रमित पुरूषको भरतपुरमा मृत्यु
गैडाकोट । चितवनमा थप एक कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ बर्षिय पुरुषको मृत्यु भएको हो । स्वासप्रश्वासको समस्या भएर कार्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँलाई कार्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पु...

पुर्वसभासद मानपुर चौधरीको कोरोना कारण मृत्यु

पुर्वसभासद मानपुर चौधरीको कोरोना कारण मृत्यु
 सप्तरी । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ ।   सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ रिपोर्ट आएको थियो । ज्वरोबाट पीडित ५५ बर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोजको तेस्रो साता उप...

कोरोना संक्रमित गैँडाकोटका एक पुरुषको मृत्यु 

कोरोना संक्रमित गैँडाकोटका एक पुरुषको मृत्यु 
गैँडाकोट । कोरोना भाईरसका कारण पूर्वि नवलपरासीमा आज थप एक जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ का ७३ वर्षका पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीका प्रमुख केशव चापागाईका अनुसार मृतक पुरुष लामो समयदेखि मुटुरोगको उपचार गराईरहनु भएको थियो । कार्तिक ६ गते गरिएको कोरोना परिक्षणमा उहाँको रिपोर्ट पोजेटिभ देखिएको थियो ।