Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैडाकोट । चितवनमा थप एक कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ बर्षिय पुरुषको मृत्यु भएको हो ।

स्वासप्रश्वासको समस्या भएर कार्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँलाई कार्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत विरामी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया